लैङ्गिक हिंसा विरूद्ध प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्याङ्जा । २०७९ मङ्सिर २१ गते

स्याङ्जा जिल्लाको भिरकोट नगरपालिकामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत  प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक, सामाजिक विकास कार्यालय, भिरकोट नगरपालिका र सिकोस नेपालको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लैङ्गिक हिंसा विरूद्धको अभियानको इतिहास, यसको प्रकार र वर्तमान अवस्थाका बारेमा सामाजिक विकास कार्यालयका प्रमुख ईश्वरी प्रसाद रेग्मीले र लैङ्गिक हिंसा विरूद्ध नेपालको प्रचलित कानुनको विषयमा इन्सेक जिल्ला प्रतिनिधि राधा कृष्ण शर्माले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख गोविन्द बहादुर कर्माचार्यले आगामि दिनहरूमा यस पालिका भित्र कुनै पनि प्रकारको लैङ्गिक हिंसाका घटनाहरु बढ्न नदिने अभियानमा पालिका निरन्तर लागि रहने बताउनुभयो ।

साथै जुनसुकै हिंसा पनि जन्मजात नभई व्यक्तिको आचरणमा निर्भर रहि समाजमा त्यसको प्रभाव फैलिदै गएको, जसको न्यूनीकरणका लागि सम्पुण व्यक्तिले आत्मसमिक्षा गर्दे  आफुँलाई सकारात्मक साोचका साथ अगाडि बढाउने हो भने यस्ता समस्याहरु घटेर जाने उल्लेख गर्नुभयो । कार्यक्रममा भिरकोट नगरपालिकाका प्रमुख गोविन्द बहादुर कर्माचार्य, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख ईश्वरी प्रसाद रेग्मी, इन्सेक जिल्ला प्रतिनिधि राधा कृष्ण शर्मा, सिकोस नेपालका अध्यक्ष चण्डिका सापकोटा लगाएत भिरकोट नगरपालिका अन्तर्गतका विभिन्न समाजिक अभियन्ताहरु, प्रहरी कार्यालय प्रमुख, स्थानिय आमा समुह, युवा समुह, गैर सरकारी संस्थाका प्रतिनिधि एवं स्थानिय पालिकाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

राधाकृष्ण शर्मा