शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा अन्तरक्रिया

कपिलवस्तु । २०७८ मङ्सिर २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र मानव अधिकार समूह बुद्धभूमिको आयोजनामा  मङ्सिर २१ गते बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा शिक्षा, स्वास्थ्य ,खाद्य र आवासको अधिकारको सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका वडा अध्यक्ष भेषराज खनालले सुचना प्राप्त गर्ने अधिकार सम्पुर्ण नागरिकको भएकोले  वडा र नगरपालिकामा गएर सुचनाहरूलिन र आफूले प्राप्त गर्ने अधिकारबाट बञ्चित नहुन सहभागिहरुलाई आग्रह गर्नुभयो ।

16 days campaignNepali

खनालले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका बिषयमा उठेका सवालहरू नगरकार्यपालिकाको बैठकमा एजेण्डा बनाएर छलफल गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा कृषि शाखा प्रमुख देबीराम बेल्बासेले शाखाबाट लक्ष्य अनुसारको कामहरू भरहेको बताउनु भयो ।

स्वास्थ्य शाखा अधिकृत गोकर्ण अर्यालले हैजा बुद्धभुमि नगरपालिकाका सबै स्थानहरूमा फैलिएको हुँदा सरसफाई र खानपानमा ध्यान दिन आग्रह गर्नु भयो । जयनगर स्वास्थ्य चौकीका प्रमुख डोलबिक्रम बेल्बासेले खुला दिशा मुक्त घोषणा भएको नगरपालिकामा शौचालय नहुनु दुखको कुरा भएको बताउनु भयो ।

यस्तै सामुदायिक विद्यालय व्यवस्थापन समिती महासंघका केन्द्रिय सदस्य चुरामणी पोख्रेलले सामुदायिक विद्यालयका माध्यमिक तहसम्मका लागि सरकारले निशुल्क शिक्षा भने पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । कार्यक्रममा सेवा प्रदायक निकाय, सेवाग्राही, संचारकर्मी , सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमं सेविका, मानव अधिकारकर्मी ,  विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

पार्वती आचार्य