बलात्कार घटनाका पीडितलाई कानुनी प्रक्रियामा जान सहयोग पुर्याउने उद्देश्यले इन्सेक प्रतिनिधिको सिफारिसमा इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरधामले भदौ ५ गते संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायकता कक्षमार्फत १० हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
१३ वर्षीया बालिकालाई गुजारा नगरपालिका–९ बस्ने ५० वर्षीय जाहिर मन्सुरीले झारफुक गर्ने बहानामा ०८२ असोजदेखि पटक पटक बलात्कार गरेको भन्दै पीडित परिवारले ०८३ असार ९ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण असार ९ गते नगर अस्पताल चन्द्रनिगाहपुरमा गरिएको छ । आरोपित मन्सुरलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ ।
HUMAN RIGHTS NEWS PORTAL







