नेपाल सरकार , प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धी सम्झौता महाशाखा) द्वारा तयार गरिएको मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन गर्ने उदेश्यले ०८३ असोज ८ गते सिन्धुपाल्चोक जिल्लामा इन्सेकको पहलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव पुस्कर सापकोटाको प्रमुख आतिथ्यतामा जिल्ला समिति गठन कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धी सम्झौता महाशाखा) द्वारा मानव अधिकार सम्बन्धी छैटौ राष्ट्रिय कार्ययोजनाको स्थानीयकरण, कार्यान्वयन तथा अनुगमनका लागि आवश्यक सहजीकरण र समन्वय गर्न इन्सेकलाई पत्राचार मार्फत अनुरोध भई आएपछि इन्सेकको सहजीकरणमा जिल्ला स्तरीय कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुस्कर सापकोटाले नेपाल सरकारबाट स्वीकृत मानव अधिकारसम्बन्धी छैठौ राष्ट्रिय कार्ययोजना स्थानीकरण गर्न र यसको प्रभावकारी कार्यान्वयन गराउन इन्सेकको महत्वपूर्ण सहजिकरण भएको बताउनुभयो ।
इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलले इन्सेक नेपालमा मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा लामो समयदेखि क्रियाशिल अग्रणी सस्था भएकोले नेपाल सरकार संग सहकार्य र समन्वय गर्दै मानव अधिकारसम्वन्धी छैटौं राष्ट्रिय कार्ययोजनाको स्थानीयकरण गर्न सहजीकरण गर्दै आएको बताउनुभयो ।

जिल्ला समिति गठन कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धी सम्झौता महाशाखा) का सहसचिव रामजी दनाइले मानव अधिकारसम्वन्धी छैटौं राष्ट्रिय कार्ययोजनाको महत्व, आवश्यकता, यसले समेटिएका बिषयवस्तुहरु, कार्यान्वयनको ढाँचा लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरे, मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, नेपाल वारका अध्यक्ष भूपेन्द्रबहादुर थिङ, लगायतका बक्ताहरुले मानव अधिकार सम्वन्धी धारणा राख्नु भएको थियो ।
गठन भएको जिल्ला समितिले कार्ययोजना कार्यान्वयनको सुनिश्चिताका लागि स्थानीय तहबाट हुने कार्ययोजनाको कार्यन्वयनका क्रममा समन्वय र सहजीकरण गर्ने छ ।

त्यसैगरी स्थानीय तहबाट प्राप्त प्रगती प्रतिवेदनका आधारमा जिल्लाको समग्र मानव अधिकार स्थितिको समीक्षा गर्ने, कार्ययोजना कार्यान्वय अवस्थाको अर्धवार्षिक र वार्षिक प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदन प्रदेश समन्वय समितिमा पठाउने मुख्य जिम्मेवारी रहने छ ।
जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको भेलामा जिल्ला समन्वय समितिका प्रमखुको संयोजकत्वमा ३३ सदस्य समित गठन भएको छ । समतिमा जिल्ला समन्वय समितिका पदाधिकारीहरु, जिल्ला स्थित नगर तथा गाँउपालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला न्यायाधिवक्ता, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, नेपाल वार एशोसिएशन, गैसस महासंघ सदस्य रहने र जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले बताउनुभयो ।

HUMAN RIGHTS NEWS PORTAL







