आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८३ वैशाख ३ गते बराहताल गाउँपालिका–५ की २९ वर्षीया विनिता गौतमलाई ६ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । उहाँका पति २९ वर्षीय तिलक गौतमले मानसिक, शारीरिक र आर्थिक यातना दिइ अर्को विवाह गरेर भारतमा बसेपछि कानुनी प्रक्रियाका लागि जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको र कानुनी प्रक्रियामा जान आर्थिक अवस्था कमजोर भएको भन्दै ०८२ फागुन २८ गते पीडितले इन्सेकमा निवेदन दिनुभएको थियो ।
०८२ चैत २५ गते बसेको मानव अधिकार सहायता कक्ष बैठकले विनितालाई ६ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको थियो । अदालतमा आउँदा जाँदा यातयात, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।
HUMAN RIGHTS NEWS PORTAL






