कानुनी प्रक्रियामा जान पीडितलाई आर्थिक सहयाेग

कर्णाली प्रदेश । २०८३ असोज २३ गते

घरेलु हिंसापीडित चिङ्गाड गाउँपालिका–४ मटेलाकी ३४ वर्षीया मनकला शाहीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कानुनी प्रक्रियामा जानका लागि ०८३ असाेज २२ गते आर्थिक सहयाेग गरेकाे छ ।

उहाँका ३३ वर्षीय पति रेशमबहादुर चन्दले अर्को विवाह गरी नाता कायम गरेका कारण सो नाता कायम बदर गरी, खानाखर्च र हेरचाहको मुद्दा अदालतमा दर्ता गरिसकेकोले कानुनी सहायताका लागि लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ७ हजार ५ सय रुपियाँ सहयोग गरेकाे हाे ।

पीडितलाई आउँदा जाँदाको यातायात खर्च, फोटोकपी र अदालतमा लाग्ने शुल्कमा सहयोग पुग्ने उद्देश्यले सहयोग गरेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनुभयो ।  प्राप्त आर्थिक सहयाेगकाे सदुपयोग गर्दै कानुनी प्रक्रियाबाट न्याय प्राप्त गर्न पीडितलाई संयाेजक सुवेदीले सुझाव दिनुभयाे ।

पीडित शाहीले कानुनी सहायताका लागि आर्थिक सहयाेगकाे अनुराेध गर्दै ०८३ असाेज २० गते इन्सेकमा निवेदन दिनुभएको थियाे । असोज २१ गते बसेकाे मानव अधिकार सहायता कक्षको बैठकले पीडित शाहीलाई आर्थिक सहयाेग गर्ने निर्णय गरेकाे थियाे ।

कर्णाली प्रदेश कार्यालय