मधेश प्रदेशमा १६६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

मधेश प्रदेश । २०८२ फागुन २५ गते

११६ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा फागुन २४ गते( ८ मार्च) मधेश प्रदेशका विभिन्न जिल्लामा मनाइएको छ ।

मधेश प्रदेश कार्यालयका अनाुसर “महिलाका मौलिक अधिकारहरु सुश्चितताका लागी न्यायमा पहुँच” भन्ने मूल नाराका साथ महोत्तरीमा पनि ११६ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा र्यालीको आयोजना गरी मनाइयो । जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय महेत्तरी , अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला सचेतना केन्द्र , महिला मानवअधिकार रक्षक संजाल , रतौली युवा क्लव , रोयम नेपाल ,लोक कल्याण परियोजना नेपाल लगायतका संघ संस्थाको  संयुक्त आयोजनामा सदरमुकाम जलेश्वरमा  प्रभात भेरि सम्पन्न गरीएको छ ।

कार्यक्रममा बोल्नु हुँदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले महिलाको हकअधिकार, समानता र सामाजिक न्यायका लागि विश्वभर मनाइने यो ऐतिहासिक यस दिनमा महिलाको श्रमबारे समाजले विश्लेषण गर्न घचघच्याने गरेको बताउनु भयो । महिलामाथि हुने सबै प्रकारको विभेद र हिंसाको अन्त्य हुनुपर्छ र जहिलेसम महिलाको श्रम अधिकार सुनिश्चित हुदैन तवसम्म यो अभियानहरु निरन्तर रहनु पर्ने भन्नु भयो । त्यसैगरी जिल्ला प्रहरी कार्यालयका एसपी हेरम्ब शर्माले महिलाको श्रम, पहिचान र नेतृत्व स्वीकार गर्न नसकेको पुरुष प्रधान समाजले महिलालाई उत्पादनमूलक र आर्थिक पाटोमा नियन्त्रण गर्न नदिएको बताउनु भयो । उहाँले समाज रुपान्तरण र समानताको सवालमा पुरुषको महत्वपुर्ण भूमिका रहेको भन्दै सबै पक्षबाट महिला सशक्तिकरणमा लाग्न्ु पर्नै एसपी शर्माको भनाई थियो ।

त्यस्तै महिला सचेतनाकी अध्यक्ष साधना वर्माले महिला दिनभरि काम गरे पश्चात फेरि घरभित्र पस्ने वित्तिकै काममै फर्किन्छिन भन्दै तर पनि महिलाको श्रमको मूल्याङ्कन नहुने गरेको बताउनु भयो । पुरुषसरह बाहिर काम गरेतापनि उनले गरेको कामको सम्मान हुदैन भन्नु भयो ।

इन्सेक मधेश प्रदेशकि ममता विश्बकर्माले महिलाको कामलाई कामको रूपमा नहेरिने हानिकारक अभ्यासका कारण नै लैङिगकताका आधारमा महिलाको कामलाई श्रमको रुपमा न स्वीकारेको वातावरण बनेको भन्नु भयो  । महिलाले मानवअधिकारको रुपमा आफुले चाहेको र राजेर काम गर्न पाउने पर्ने र गरेको कामको सम्मानजानक र समान पारिश्रमिक पाउनु पर्नै भन्दै महिलाको हक अधिकार तथा स्वतन्त्रताको लागी परिवर्तनमुखि पहल घरभित्रैबाट गरीनका लागी यस दिवस र अभियानले सकारात्मक संदेश दिने बताउनु भयो ।

र्‍यालीमा सरोकारवाला निकाय , मानवअधिकारर्मि , पत्रकार, बुद्धिजीवि तथा विधार्थिहरुको उपस्थिति रहेको थियो ।

इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादवका अनुसार “सधै महिला र बालिकाको लागी अधिकार ,न्याय र कार्य सहितको अवसर” भन्ने मूल नाराका साथ  १६६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा २०८२ फागुन २४ गते मधेस प्रदेश तथा धनुषा जिल्लामा मानवअधिकार र महिला अधिकारको क्षेत्रमा काम गर्ने सरोकारवालाहरूको संयुक्त आयोजनामा जनकपुरधाममा कार्यक्रम सम्पन्न गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र महिला मानव अधिकार रक्षक सञ्जाल, उज्यालो समाज नेपाल, ओरेक, फेडो, शान्तिपूर्ण स्थापना केन्द्र, पिपीसी धनुषा, मुक्ति नेपाल, डिडिआरसी, माइती नेपाल लगायतका संस्थाहरूको समन्वय रहेको थियो ।

लगायत संघ संस्थाहरूले संयुक्त रूपमा फागुन २४ गते दिउँसो जनकपुरधाममा र्यालीको आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन्। जनकपुरधामको भानुचोकबाट निकालिएको ¥याली रेलवे स्टेशनमा पुगेर कोणसभामा परिणत भएको थियो।  भानुचोकस्थित रहेको मोनास्टिक स्कुलबाट सुरु भएको ¥याली रेल्वे स्टेशनमा पुगी ोणसभा र दीप प्रज्वलन कार्यक्रम गरिएको हो।

महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानताका लागि हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुरु गरिएको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताउनु भयो। सन् १९०८ मार्च ८ का दिन अमेरिकाको शिकागो सहरमा समान ज्याला दिनुपर्ने, मतदानको अधिकार हुनुपर्ने लगायत समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरेका थिए। सोही दिनलाई महिला अधिकारको संघर्षको दिनका रूपमा स्मरण गर्दै ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन सुरु गरिएको संयोजक  पासवानले भन्नु भयो ।

oplus_1024

कार्यक्रममा ओरेककी मधेस प्रदेश संयोजक बिना सिंहले राष्ट्रिय आमा सुशीला कार्कीलाई धन्यवाद दिँदै महिलालाई अवसर मिल्यो भने हरेक काम गर्न सक्ने बताउनु भयो। नेपाल प्रहरीको डाटा अनुसार अहिले पनि ७८ प्रतिशत महिला आफ्नै घरपरिवारबाट पीडित रहेको बताउनु भयो। साथै उहाँले अवधारणा पत्र कार्यक्रममा पढेर सबैलाई प्रस्तुत गर्नुभयो। मुक्ति नेपालका विनोद महाराले यो दिवस एउटा अवसर हो भन्दै हाम्रो घरपरिवार र समाजमा रहेका सबै महिलाले मनाउनुपर्ने बताउनु भयो।

कोण सभामा प्रादेशिक अस्पताल जनकपुरधाम ओसीएमसीका प्रमुख डा. रुबी झाले भने, के हामी सधैँ अधिकार माग्दै हिँड्ने, नाराबाजी गर्ने र खोजिराख्ने मात्रै गर्ने ? अब माग्ने बेला होइन, अब पाउने बेला भइसकेको छ र पाउनैपर्छ भन्दै  महिलालाई अधिकार दिने होइन, त्यो हाम्रो आफ्नै अधिकार हो भन्नुभयो ।  नीलहेरा समाज मधेस प्रदेशका संयोजक प्रदिप यादवले अहिले पनि हाम्रो समाजमा महिलाप्रति हेर्ने दृष्टिकोण खराब रहेको बताउनु भयो । एमनेस्ट्री नेपालका संयोजक इन्दिरा चौधरीले हामी यसलाई उत्सवको रूपमा मनाउँछौं ताकि हरेक समुदाय वर्ग , जातका महिलाले यसबाट प्ररित हुने मौका पाउन भन्नु भयो ।

इन्सेक सर्लाही प्रतिनिधि बुधन साहका अनुसार सलार्हिमा मानवअधिकारमा क्षेत्रमा क्रियाशिल संघ संस्था ओरक , साथ साथ सिकाई संजाल , पहिचान , महिला मानव अधिकार रक्षक संजाल , आशिस समाजिक सेवा केन्द्र लगायतको संयुक्त आयोजनामा र्यारि र कोण सभा गरीएको छ ।

मलंगवा नगरपालिका चौकबाट सुरु भएको र्याली नगर परिक्रमा गर्दै जिल्ला विकास चौकस्थित सहिद पार्कमा पुगेर कोण सभामा परिणत गरी सम्पन्न भएको हो ।

मधेश प्रदेश कार्यालय