मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको पुस्तक हस्तान्तरण

बाग्लुङ । २०८३ कात्तिक २८ गते

मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आर्थिक वर्ष २०८४/८५–२०८७/८८) सम्बन्धी पुस्तक बागलुङका सरकारी निकाय तथा स्थानीय तहका प्रमुखहरूलाई हस्तान्तरण गरिएको छ ।

इन्सेक प्रतिनिधि अमृतप्रसाद पौडेलले ०८३ कात्तिक २७ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय तहका प्रमुखहरूलाई पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

  

पुस्तक निमित्त प्रमुख जिल्ला अधिकारी गंगालाल सुवेदी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी फणिन्द्र प्रसाईँलगायतलाई हस्तान्तरण गरिएको थियो । त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख तथा स्थानीय तहका प्रमुखहरूलाई समेत पुस्तक प्रदान गरिएको छ ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाद्वारा प्रकाशित पुस्तकमा आगामी पाँच वर्षमा मानव अधिकारको संरक्षण, संवर्द्धन र कार्यान्वयनका लागि सञ्चालन गरिने नीति, कार्यक्रम तथा कार्ययोजना समेटिएका छन् ।

राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन, सरकारी निकायको जवाफदेहिता अभिवृद्धि तथा नागरिकको मानव अधिकार सुनिश्चित गर्न पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ । पुस्तक बुझ्दै सरोकारवालाहरूले कार्ययोजनाको कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।