मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

सुर्खेत । २०८२ पुस २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०८२ पुस १९ गतेदेखि वीरेन्द्रनगरमा सुरु गरिएको मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम  पुस २० गते सम्पन्न गरिको छ । तालिममा मानव अधिकारमा आधारित दृष्टिकोणको ज्ञान र व्यवहारिक प्रयोग, आर्थिक ,सामाजिक, तथा सांस्कृतिक अधिकार, मानव अधिकार रक्षक सम्बन्धी अवधारणा, मानव अधिकारका मुद्दाहरूको पहिचान,  शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, व्यवसाय र मानव अधिकार, वातावरणीय अधिकार, लैङ्गिक हिंसा र जातीय विभेद, बालअधिकारको प्रवद्र्धन र संरक्षण सम्बन्धी विषयहरुमा छलफल गरिएको थियो ।
त्यस्तै मानव अधिकार रक्षक सञ्जालको वार्षिक कार्ययोजना निर्माण गरि सोही अनुरुप कार्यक्रमहरु अगाडी बढाइने छ । मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले मानव अधिकार रक्षकहरुलाई दुई दिनसम्म दिइएको क्षमता अभिवृद्धि तालिमले आगामी दिनमा काम गर्न सहज भएको भन्दै कार्ययोजना अनुरुप अगाडी बढ्ने बताउनु भयो ।

त्यस्तै  राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख मानबहादुर कार्कीले मानव अधिकार रक्षकहरुले पछिल्लो समय मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सक्रियता देखाउनुपर्ने बताउनु भयो । इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले मानव अधिकार रक्षकहरुको क्षमता विकास र अधिकारको क्षेत्रमा इन्सेक सदैव सँगसँगै रहेको बताउनु भयो ।

कर्णाली प्रदेश कार्यालय