मानव अधिकार रक्षक सञ्जाल, बागमती प्रदेशको बैठक ०८२ माघ २२ गते हेटौँडामा सम्पन्न भएको छ। सञ्जालका अध्यक्ष दिपेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न बैठकले विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना तथा बधाई ज्ञापन सम्बन्धी प्रस्तावहरूमा छलफल गरेको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूको समीक्षाका क्रममा सञ्जालले सबै दिवसहरूमा सक्रिय सहभागिता, समन्वय तथा सहकार्य गर्दै हेटौंडा उपमहानगरपालिका–९ मा समुदायस्तरका महिलाहरूको अधिकारसम्बन्धी कार्यक्रममा सह–आयोजकको भूमिका निर्वाह गरेको विषयमा छलफल गरेको छ ।
त्यसैगरी आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित गराउन अनुगमनसहित विभिन्न अभियानमार्फत सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरिएको सञ्जालका अध्यक्ष ढकालले बताउनु भयो ।
बैठकले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि तयार गरिने नीति, कार्यक्रम तथा बजेटलाई मानव अधिकारमैत्री बनाउन औपचारिक तथा अनौपचारिक रूपमा ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।
यसैबीच सञ्जालकी सदस्य अधिवक्ता अप्सरा बस्नेत बागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएकोमा बैठकले बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
HUMAN RIGHTS NEWS PORTAL






