मानव अधिकार संरक्षण सम्बर्द्धनमा इन्सेकसँगको सहकार्य सह्रानीय

सुर्खेत । २०७७ कात्तिक ४ गते

 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले मानव अधिकार संरक्षण सम्बर्द्धनमा इन्सेकसँगको समन्वय र सहकार्य सह्रानीय रहेको बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले कात्तिक ४ गते भर्चुअल मार्फत वीरेन्द्रनगरमा आयोजना गरेको जनप्रतिनिधी र कर्मचारीहरूलाई अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले सो कुरा बताउनु भएको हो ।

प्रमुख सुवेदीले वीरेन्द्रनगर नपाका नागरिकहरूको सबैखाले मानव अधिकार संरक्षण सम्बर्द्धनका लागि इन्सेकले अहम भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै यसका लागि इन्सेकसँगको सहकार्यलाई निरन्तरता दिने कुरामा जोड दिनु भयो । इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपालको संविधान २०७२ को मौलिक हकमा व्यवस्था गरिएका हकहरूलाई प्रभावकारी कार्यान्वयनका लागि वीरेन्द्रनगर नपा र सरोकारवालाहरू  प्रतिवद्ध भई लाग्नुपर्नेमा जोड दिनुभयो । वीरेन्द्रनगर नपाका जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रमको सहजीकरढा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले गर्नुभएको थियो । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका पारस्परिक जवाफदेहिता मानव अधिकार सुदृढिकरण परियोजना संयोजक कृष्णप्रसाद नेपाल र इन्सेक सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीको उपस्थिती रहेको थियो ।

दुर्गा थापा