अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा ०८२ पुस ४ गते पाँचपोखरी थाङपाल गाउँपालिका— ३ स्थित श्री भोताङदेवी माविमा मानव अधिकार तथा बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा श्री भोताङदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई इन्सेक प्रतिनिधि नातिबावु धितालले मानव अधिकार र बाल अधिकार बारे सचेतना गराउनुभएको थियो ।

नागरिक समाज संरक्षण सञ्जालको आर्थिक सहयोग र मानव अधिकार एलाइन्सको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सचेतना कार्यक्रममा ६५ जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






