आर्थिक अवस्था कमजोर भएकी १६ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहयोग पुर्याउने उद्देश्यले इन्सेक प्रतिनिधिको सिफारिसमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयले ०८२ चैत ६ गते संरक्षण परियोजना अन्तर्गत मानवअधिकार सहायता कक्षमार्फत १० हजार रुपियाँ सहयोग उपलब्ध गराएको छ ।
पीडित बालिकाका अभिभावकले दिएको निवेदनका आधारमा उक्त रकम उपलब्ध गराइएको हो ।
पीडित बालिकालाई ०८२ पुस २१ गते नजिकको नातेदार ३१ वर्षीय पुरुषले जबरजस्ती बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले फागुन १४ गते गिरङ्खतार गरी कानुनी दायरामा ल्याएको छ ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १३ गते अर्घाखाँची जिल्ला अस्पतालमा गरिएको छ ।
HUMAN RIGHTS NEWS PORTAL






