७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयाे
धनुषा । २०८१ मङ्सिर २७ गते
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूहले मानव सहायता सम्पर्क समूह सञ्चालन गरी मनाएको छ भने मङ्सिर २४ गते वृक्षारोपण गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरेको छ ।
मधेस प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देवी माया भट्टराई, नगर स्तरीय मानव अधिकार समूह, शम्भुनाथ नगरपालिका-९ का वडाध्यक्ष, वडा सदस्यहरू र वडा कार्यालय अन्तर्गतका कर्मचारीहरूको सहभागितामा शम्भुनाथ नगरपालिका-९ स्थित स्वास्थ्य चौकीमा वृक्षारोपन कार्याक्रम गरेको हो ।
मानव जीवन र पृथ्वीको रक्षाको निम्ति हामी सबै सचेत समूहले वातावरणको विषयलाई ध्यान दिनुपर्ने जोड दिनुहुँदै वातावरणीय मानव अधिकार सुनिश्चित हुन आजको आवश्यकता रहेको शम्भुनाथ नगरपालिका-९ का वडाध्यक्ष प्रभु मलाहाले बताउनु भयो ।

त्यसैगरी, अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार समूहले डाक्नेश्वरी नगरपालिकास्थित पतोमा समुदायका सबै मानिसहरूले देख्ने गरी “मानव अधिकार तथा समाजिक न्यायको लागी मानव सहायता सम्पर्क समूह” नामक बोर्डको स्थापना गरेका छन् ।न्यायबाट वञ्चित पीडितहरूको न्यायमा सहज रुपमा पहुच पुग्ने उद्देश्यले सम्पर्क नम्बर सहितको बोर्ड स्थापना गरेको मधेस प्रदेश मानव अधिकार समूहकी अध्यक्ष भट्टराईले बताउनु भयाे ।
नगर प्रमुख, मानव अधिकार समूहका सदस्यहरू, न्यायीक समितिका सदस्यहरू, पालिका सदस्यहरू, कर्मचारीहरू, इन्सेक सहजकर्ताको उपस्थितिमा उक्त बोर्डको स्थापना गरीएको हो । बोर्डमा नागरिक ले
राज्यले दिएको अधिकारबाट वञ्चित नागरिकहरूले यस बोर्डमा रहेको सम्पर्क नम्बरमा फोन गरी मानव अधिकार समूह समक्ष पीडितले आफ्नो समस्या राख्न सक्ने छन् भने पीडितको न्यायचित अधिकार प्राप्तिका लागि समूहले सहजिकरण गर्ने उद्देश्यले यो बोर्डको स्थापना गरीएको मानव अधिकार समूहका अध्यक्ष राम चन्द्र मण्डलले बताउनु भयाे ।
इन्सेक मधेस प्रदेश
HUMAN RIGHTS NEWS PORTAL






