घटना अभिलेखीकरणका लागि पुनतार्जगी तालिम सम्पन्न

मोरङ । २०७७ पुस १० गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयको आयोजनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूलाई अभिलेखीकरणका लागि जिल्ला प्रतिनिधिहरूलाई एक दिवसीय पुनर्ताजगी तालिम पुस १० गते सम्पन्न भएको छ । जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूलाई चुस्तदुरूस्त रूपमा प्रविधिमैत्री ढङ्गले अभिलेखीकरणका लागि १४ ओटा जिल्लाका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनु भयो ।

इन्सेक केन्द्रिय कार्यालयकी गीता मालीले प्रविधिकाे प्रयाेग गरी घटनाहरू अभिलेखीकरण गर्दा समयको सदुपयोगसँगै चाहेका बेलामा सूचना प्राप्तिमा सहज हुने बताउनु भयाे । इन्सेक केन्द्रीय कार्यालयका रमेश तिमल्सिनाले प्रविधिको युगमा प्रविधिमैत्री वातावरणमा घटना अभिलेखीकरण गर्दा चाहेको बेलामा आवश्यक सूचनाहरू सहज रूपमा प्राप्त गर्न सकिने बताउनु भयो । डिसिए परियोजना अन्तर्गत सञ्चालन गरिएको तालिमले जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सहज रूपमा अभिलेखीकरण गर्न सकिने भोजपुर प्रतिनिधि गणेश विष्टले बताउनु भयो ।

 नेत्रप्रसाद अधिकारी