राष्ट्रिय बाल दिवसको अवसरमा सचेतना र्याली

कालीकोट । २०८० भदौ ३० गते

“बालवालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवस भदौ २९ गते कालिकोटमा मनाइएको छ । हेरचाह र मायाँलु व्यवहार,सभ्य र सुसंस्कृत बालवालिका नै सुरक्षित भविष्यको आधार लगाएतका नारासहित जिल्ला सदरमुकाम मान्म खाँडाचक्र स्थित जिरो प्वाइन्टबाट सचेतना र्याली पछि प्रतिमा चोकमा कोणसभा गरी दिवस मनाइएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्सपेक्टर सुवास थापाले “बाल अधिकार संरक्षण तथा सम्बर्द्धनका लागि नीति नियम तथा ऐन कानुन, कार्यविधिहरूको प्रभावकारी कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बाल अधिकारकर्मी बाले श्विकर्माले विभिन्न तहका सरकारले बाल अधिकार सम्वन्धि ऐन नियम,कानून निर्माण गरेपनि कार्यान्वयन गर्न नसकिरहेकाले सरोकारवाला नागरिक समाज तथा संघ संगठन सबैले दवाव दिनु पर्ने धारणा राख्नु भयो । कालिकोट जिल्लामा यौन शोषण, अङ्ग प्रत्यारोपण, श्रम शोषण, सर्कसमा खेलाउन, अवैध रुपमा धर्मपुत्र, पुत्री बनाउन, घरेलु कामदार बनाउन, बालश्रम गराउन,बालविवाहले गर्दा बाल अिधकार हनन् भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजना तथा इन्सेक,प्लान इन्टरनेष्नल नेपाल,फेडो,हुर्डेक,बिकर्डाक,हुरेन्डेक लगाएतका मानव अधिकारका क्षेत्रमा कार्यरत गैर सरकारी सस्थाहरुको सहकार्यमा ५९ ओैँ राष्ट्रिय बाल दिवस अवसरमा र्याली कार्यक्रम तथा कोणसभाको भएको थियो । 

कालीबहादुर मल्ल