महोत्तरी । २०८१ मङ्सिर २५ गते
जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शन्ति र सम्बृद्धिको आधार’’ ‘‘हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै’’ भन्ने मूल नाराका साथ ७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस ०८१ मङ्सिर २५ गते महोत्तरीमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
जलेश्वर नगरपालिका र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त आयोजना र इन्सेक, महिला सचेतता केन्द्र, आफन्त नेपाल लगायतका मानव अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाहरूको समन्वय एवं सहकार्यमा ७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस जलेश्वर नगरपालिकाको कार्यालयबाट प्रभातफेरी सुरु हुँदै जिल्ला समन्वय समितिको सभामा अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गरिएको हो ।

जलेश्वर नगरपालिकाका उपप्रमुख रौशन खातुनको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बोल्नुहुँदै लोक कल्याण परियोजनाकी अध्यक्ष काजल नागवन्सिले विश्वव्यापी रुपमा मनाइने मानव अधिकार दिवसलाई उत्सवको जस्तै मनाउनु पर्ने ताकि हामि मानवले आफ्नो अधिकार के के हुन र अधिकार प्राप्तिको लागि सङ्घर्ष गर्न प्रेरणा मिल्ने बताउनु भयो ।
त्यसैगरी, थर्ड एलायन्सका प्रदेश अध्यक्ष अर्जुन साह्ले समाज रुपान्तरणमा युवा शक्तिले विशेष भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै इन्सेक महाेत्तरी प्रतिनिधि ममता विश्वकर्माले मानव अधिकार दिवस मनाइरहँदा सबै तहबाट सबैले हिंशा प्रभावितको न्यायमा पहुँचका लागि समन्वय तथा सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो ।
जलेश्वर नगरपालिकाका उपप्रमुख रौशन खातुनले महिला हिंशाको सवालमा पीडितलाई न्यायको लागि पहल गर्ने प्रतिबद्धता जायर गर्दै कार्यक्रमलाई समापन गर्नुभयो ।
ममता विश्वकर्मा
HUMAN RIGHTS NEWS PORTAL






