इन्सकेको अध्यक्षमा कुन्दन अर्याल निर्वाचित

नेपाल प्रेस डटकम । २०७९ पुस २० गते

काठमाडौं । मानव अधिकार क्षेत्रको अग्रणी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अध्यक्षमा वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्याल निर्वाचित भएका छन् । वुधबार सम्पन्न इन्सेकको २६ औँ साधारणसभाले आगामी तीन वर्षका लागि अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिका सदस्यहरूमा रुद्रबहादुर चर्मकार, लता प्याकुरेल, गीता बराल, ज्योति बानियाँ, रघुनाथ अधिकारी र नरनाथ लुइँटेल निर्वाचित भएका छन् । केही दिनपछि हुने नवनिर्वाचित कार्यसमितिको बैठकले पदाधिकारीको टुङ्गो लगाउने इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Source: https://www.nepalpress.com/2023/01/04/276173/