इन्सेकको समन्वयमा पोखरा महानगरमा मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना अभिमुखिकरण सम्पन्न

सफल आवाज डटकम । २०७९ साउन २५ गते

महानगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिकामा मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यन्वयन, स्थानीय तह समन्वय गठनका लागि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिकाका सदस्यहरु तथा विषयगत शाखाका प्रमखुहरुलाई अभिमुखिकरण गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी संयोजक शिव खकुरेलले मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना बारे जानकारी गराउँदै पाचौं राष्ट्रिय कार्ययोजना कार्यन्वयनमा आएको दुई बर्ष भईसकेको भएपनी देशभर यसको काम हुन नसकेको बताए। स्थानीय तहमा भईरहेका कामहरुलाई मानवअधिकारको बिषयसंग मिल्ने गरि अभिलेखिकरण हुन नसक्दा कामको प्रतिफल नदेखिएको उनको भनाई थियो । कार्यक्रममा मेयर धनराज आचार्यले मानवअधिकारका सवालमा आफुहरु सचेत रहेको बताए। उनले पाँचौं राष्ट्रिय कार्ययोजना कार्यन्वयनमा महानगरपालिकासंगै अन्य सरोकारवाला निकायसंग समन्वय गरेर अगाडी बढ्ने भनाई राखे।

महानगर समवन्य समिति गठन

यसैबीच महानगरमा समवन्य समिति गठन भएको छ । महानगर प्रमुख आचार्यको संयोजकत्वमा गठित समितिमा उपप्रमुख, कास्की जिल्ला प्रहरी प्रमुख, महानगरका विषयगत शाखाका प्रमुखहरु, महानगरका सबै वडाका अध्यक्षहरु सदस्य रहेका छन् । समितिको अर्को बैठक बसेर नागरिक समाजकाे तर्फबाट तीनजना मनोनित गरीने भएको छ । समितिको सदस्य सचिवमा महानगरका कार्यकारी प्रमुख रहनेछन्। याेसंगै इन्सेकको समन्वयमा कास्कीका पाँच स्थानीय तहमा समन्वय समिति गठन भईसकेको छ । मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समितिको साउन ५ गतेको वैठकले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई कास्की जिल्लाका स्थानीय तहमा स्थानीय तह समन्वय समिति गठन र अभिमुखीकरणको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।

Source: https://safalawaj.com/2022/08/10/81665/