
इन्सेकद्वारा पोखरा महानगरलाई ज्ञापनपत्र
अनलाइन अन्नपूर्ण डटकम । पोखरा । २०८० जेठ ३० गते
पोखरा ३० जेठ / अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि पोखरा महानगपालिकालाई ज्ञापनपत्र बुझाएको छ । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले जेठ २९ गते महानगरका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङलाई मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना तथा आर्थिक बर्ष २०८०/ ८१ को बार्षिक नीति तथा कार्यक्रममा मानव अधिकार सम्बन्धि सचेतना अभिवृद्धि कार्यक्रम समावेश गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । नेपालले भियना सम्मेलनको आव्हावनलाई दृष्टिगत गरीे नागरिक समाज एवं निजी क्षेत्र समेतको परामर्शमा मानव अधिकारको क्षेत्रमा पञ्च वर्र्षीय राष्ट्रिय कार्ययोजना तर्जुमा गर्ने गरेको छ ।नेपालमा आर्थिक बर्ष २०६१÷०६२ देखि मानव अधिकार कार्ययोजना तर्जुमा गरिएको छ ।
हालसम्म चार वटा पञ्च वर्षिय कार्ययोजना सम्पन्न भैसकेको छ । हाल आर्थिक बर्ष २०७७÷०७८ देखि ०८१÷०८२ को लागि पाचौँ कार्ययोजना कार्यान्वयनको अवस्थामा रहेको छ । कार्ययोजना कार्यान्वयनमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तहलाई मुख्य जिम्मेवार निकाय र नागरिक समाजलाई सहयोगीको भूमिकामा परिकल्पना गरिएको छ । शिक्षा सम्बन्धि कानूनी तथा नीतिगत व्यवस्थाको कार्यन्वयन सुनिश्चि गरिनुपर्ने, सबै सरकारी स्वास्थ्य संस्थाबाट आधारभूत स्वास्थ्य सेवा निःशूल्क उपलब्ध गराइनुपर्ने, जनतालाई सुपथ मूल्यमा गुणस्तरीय खाद्यन्न उपलब्ध गराउनुपर्ने, बालबालिकासंग सम्बन्धित नीतिगत तथा कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जस्ता बिषय ज्ञापनपत्रमा समेटिएको छ ।