








सफल आवाज, पोखरा । २०७८ भदौ ५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्कीको रुपा गाउँपालिकामा स्थानिय समुदायको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । साथै इन्सेकले स्थानिय तहमा मानवअधिकार निगरानी समूहको गठन तथा सरोकारवाला र सेवाग्राहीसंग छलफल सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकामा खाद्य सुरक्षाका लागि आफुहरुले ध्यान दिएको बताए । हामी सचेत भएर लागेका छौं, पकेट क्षेत्र पनि घोषणा गरेका छौं उनले भने, कृषकलाई विउविजन र उनीहरूले उत्पादन गरेका कृषिजन्य उत्पादनको वजारिकरण गरेका छौं । अध्यक्ष ओझाले गाउँपालिकामा ३०० फर्महरु चालु अवस्थामा रहेका, मासु र अण्डाका लागि आत्म्निर्भर भएको, एक घर एक टनेलको व्यवस्था गरेको र अब १०० पक्कि टनेल बनाउन लागेको बताए । मह उत्पादनमा आत्म निर्भर रहेको दावि गर्दै ओझाले स्वास्थ्य अधिकार रक्षाका लागि गाउँपालिमा अस्पताल बनाएर सेवा प्रवाह गरेको बताए । उनले रुपामा घर घरमा गएर कोभिड १९ का विरामीलाई सेवा दिएको कुरा सुनाए । यसका लागि गाउँपालिकामा ३ डाक्टर र १६ कर्मचारीले काम गरिरहेका छन् । उनले सुत्केरी हुनु अघि र पछि उनीहरुको लागि आवश्यक सामग्रीको बन्दोवस्त गरेको जानकारी दिए ।
कोभिडको कारण विद्यालय जान नपाएका विद्यार्थीको अनलाइन शिक्षाका लागि सबै विद्यालयमा इन्टरनेटको व्यवस्था गरिएको र रुपालाई वाईफाई फ्रि जोन बनाउन लागेको बताए । विद्यार्थीलाई सिमकार्ड उपलव्ध गराएको, कृषि, भेटेरिनरी र सिभिल इन्जिनियरिङको पढाई शुरु गरेको बताए । आवासको क्षेत्रमा उनले भुकम्पले क्षति पारेका १२०० घरहरुमध्ये ७०० घर सम्पन्न भएका र बाँकी सम्पन्न हुने चरणमा रहेको बताए । उनले २०० घर जनता आवास कार्यक्रमबाट बनाईएको, ७० प्रतिशत खरको छाना विस्थापन गरिएको र बासै नहुनेका लागि आवासको व्यवस्था गरिने बताए । इन्सेक गण्डकी, पोखराका संयोजक शिव खकुरेलले मुख्यतः रुपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको हकको प्रत्याभुतिको लागि सम्बन्धित निकायलाई जवाफदेही बनाउन परियोजना संचालन गरेको बताए । खकुरेलले भने, हामो काम भौतिक निर्माण होईन, जनताका संविधानले प्रदान गरेका हकहरु दिलाउन लक्षित समूह, वर्गसम्म पुग्ने र उनीहरुलाई आफनो अधिकार रक्षाको लागि सचेतना जगाउने हो । जिल्लामा ७० प्रकारका औषधी निःशुल्छ पाईन्छ र गाउँपालिकाबाट ३५ प्रकारका औषधी निःशुन्क पाइन्छ । उनले भने, यो काम भएको छ छैन । छैन भने किन भएन भनेर सुविधा लिन प्रश्न गर्न सक्ने बनाउने हो । खकुरेलले आगामी दिनमा गाउँपालिकामा आवश्यक तालिमको व्यवस्था गर्न लागेको र जनतासंगका कुराकानीहरु रेडियो, टेलिभिजनबाट प्रशारण गरिने बताए ।
गाउँपालिकी उपाध्यक्ष लालसुवा गुरुङले इन्सेकले मानवअधिकार क्षेत्रमा रामो काम गरिरहेको बताउँदै आफुहरूले सहकार्य गरेर अगाडी बढ्न चाहेको बताइन । उनले मानवअधिकारकाे दयरालाई फराकिलो बनाउादै अँझ बढी लक्षित समूहको घरदैलोमा पुग्न सुझाव दिईन । नवगठित मानवअधिकार निगरानी समूहका अध्यक्ष तील बहादुर खडकाले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा गाउँपालिकामा के भईरहेको छ ? त्यसका निगरानी गरिने बताए । उनले गाउँपालिकासंग समन्वय गरेर अगाडी बढ्ने र स्थानिय सरकारलाई जवाफदेही बन्न र काममा सघाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा इन्सेक गण्डकी, पोखराका कार्यक्रम अधिकृत सवनम शर्माले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेकि थिईन । शर्माका अनुसार रुपामा मानवअधिकार निगरानी समूह पुर्नगठन गरिएको छ । अध्यक्षमा तील बहादुर खडका, उपाध्यक्षमा चुना क्षेत्री, सचिवमा खस बहादुर गुरुङ, कोषाध्यक्षमा देवी न्यौपाने, सहसचविमा इर्साद मिया, सदस्यहरुमा सर्मिला खनाल, ध्रुव थापा, डम्बर कुमारी गुरुङ, उदय कुमाल, जीवन अधिकारी, कौशीला परियार, तीलक बहादुर खडका र विष्णु सिलवाल रहेका छन्।