घोडाघोडी मानव अधिकार समूहले बुझायो नगरप्रमुख रावतलाई कार्यक्रमको बजेट सहित प्रस्तावना

कैलाली खबर डटकम । २०८२ असार ८ गते

सुखड । कैलालीको घोडाघोडी नगरपालिकालाई मानव अधिकार समूहले नगर प्रमुख खडक बहादुर रावतलाई कार्यक्रमको बजेट सहित प्रस्तावना बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा गठित मानव अधिकार समूह घोडाघोडीले नगर प्रमुख खडक बहादुर रावतलाई  बजेट सहित प्रस्तावना बुझाएको हो ।

आर्थिक वर्ष २०८२/०८३ मा बन्ने वार्षिक बजेट कार्यक्रममा मानव अधिकार समूहले विभिन्न शीर्षकको बजेट सहित लागत साझेदारीका कार्यक्रम गर्नको लागी प्रस्तावना बुझाएको मानव अधिकार समूह घोडाघोडीका अध्यक्ष आशा नेपालीले जानकारी दिनु भयो ।

समुदायमा स्तरमा वडा स्तरीय मानव अधिकार समुह गठन तथा  मानव अधिकारको बारेमा सचेतिकरण कार्यक्रम, समुदाय स्तरमा चुरे क्षेत्र,नदी कटान तथा बाढी पीडित क्षेत्र, वातावरण संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम र घोडाघोडी नगरपालिका वा वडाहरूमा महिला हिंसा मुक्त घोषणा गर्ने पायलट कार्यक्रम सञ्चालन गर्ने मानव अधिकार समूहले जनाएको छ ।

कार्यक्रमको बजेट सहित प्रस्तावना बुझ्दै नगर प्रमुख खडक बहादुर रावतले आर्थिक वर्ष २०८२/०८३ मा बन्ने वार्षिक बजेट कार्यक्रममा प्रस्तावना अध्ययन गरेर कार्यक्रमहरू समेट्ने आश्वासन दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा गठित मानव अधिकार समूह घोडाघोडीले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धको सवालमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दे आएको छ ।

Source: https://www.kailalikhabar.com/detail/12683