ढुङ्गानाको निधनप्रति इन्सेकद्वारा दुःख व्यक्त
पहरेदार डटकम । २०८१ मङ्सिर ३ गते
काठमाडौं – अग्रज मानव अधिकारकर्मी पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति इन्सेकले दुख व्यक्त गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालले सोमबार शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गर्नुभयो ।
नेपालको संसदीय इतिहासमा स्वर्गीय ढुङ्गानाले देखाउनु भएको मार्गदर्शन, मानव अधिकार प्राप्तीको उन्नत सोच, शान्ति प्रकृयाको सुत्रधारका रुपमा नेपाली इतिहासमा उहाँको नाम अजर रहनेछ शोक व्यक्तव्यमा भनिएको छ ।
दश वर्ष लामो सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणमा निर्वाह गर्नुभएको भूमिका, लोकतन्त्र, मानव अधिकार र विधिको शासन स्थापनाका निम्ति योगदानका कारण सधैँ स्वर्गीय ढुंगानाको स्मरण भइरहने इन्सेकको विज्ञप्तीमा उल्लेख गरेको छ ।
उपचारको क्रममा ८३ वर्षको उमेरमा साेमबार पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएकाे थियाे । उहाँ २०४८ काे प्रतिनिधिसभाकाे निर्वाचनमा काठमाणडाैं निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुनभएपछि सभामुख बन्नुभएकाे थियाे ।
Source: https://shorturl.at/YXPJs