द्वन्द्व पीडित र घरेलुहिंसा पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग
स्मृति देवकोटा
बाँके असोज ३० गते ।
मानवअधिकार सहायताकक्षले दुई जना पीडित महिलाहरूलाई सहयोग गरेको छ । द्वन्द्व पीडित नेपालगञ्जउपमनपा–४ नमस्तेटोलकी५१वर्षीयाकमलापन्तकँुवरर घरेलुहिंसा पीडित बैजनाथगाउँपालिका– ८ की ३२ वर्षीया बबितालोहारलाई डिसिएको आर्थिक सहयोगमा सहायताकक्षका सदस्यएवं उच्चअदालतबार एशोसिएशनकाअध्यक्षविकास अचार्यले असोज ३०गते सहयोग रकम हस्तान्तरण गरेको हो । मानवअधिकार सहायताकक्षले पीडितकोउपचार र न्यायिकप्रक्रियामासहयोग पुगोस भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको इन्सेक लुम्बिनीप्रदेश प्रमुखभोलामहतले बताउनु भयो ।
द्वन्द्व पीडित कमलापन्तकुवँरलाई सहयोग गर्नलाई एडभोकेसी फोरमकाबसन्तगौतमले घरेलु हिंसा पीडितलाई सहयोगकालागिउच्चअदालतबार एशोसिएशनकाअध्यक्षबिकास आचार्यले सिफारिस गर्नु भएको थियो । असोज १२ गते बसेको मानवअधिकार सहायताकक्षको बैठकले दुबै जनालाई सहयोग गर्ने निर्णय गरेको थियो । चार वर्षदेखि क्यान्सरको बिरामीरहनु भएको कुँवरले सहयोगले उपचारमा मद्दत पुग्ने बताउनु भयो । यसैगरी घरेलु हिंसा पीडित बबितालोहारले सहयोगले कानुनीप्रक्रियामा सहयोग पुग्ने बताउनु भयो । सहयताकक्षले यस अघि प्रहरी हिरासतमायातानापाएका कोहलपुर नपा– १५ दिपकयादवलाई सहयोग गरेको थियो । डिसिएको सहयोगमा स्थापना गरिएको मानवअधिकार सहायताकक्षको सचिवालय इन्सेक, नेपालगञ्जमा रहेको छ ।सहयताकक्षले जनही १० हजार रुपियाँ सहयोग गरेको इन्सेक लुम्बिनीप्रदेशकाप्रलेख अधिकृत विनो पाण्डेले बताउनु भयो ।