द्वन्द्व पीडित र घरेलुहिंसा पीडितलाई मानवअधिकार सहायताकक्षको सहयोग
२०७७ असोज ३० गते
मानव अधिकार सहायता कक्षले दुई जना पीडित महिलाहरूलाई सहयोग गरेको छ । द्वन्द्व पीडित नेपालगञ्जउपमनपा–४ नमस्ते टोलकी ५१वर्षीयाकमला पन्तकँुवर र घरेलुहिंसा पीडित बैजनाथ गाउँपालिका– ८ की ३२ वर्षीया बबिता लोहारलाई डिसिएको आर्थिक सहयोगमा सहायता कक्षका सदस्य एवं उच्च अदालत बार एशोसिएशनका अध्यक्ष विकास अचार्यले सहयोग रकम हस्तान्तरण गरेका हुन । मानवअधिकार सहायता कक्षले पीडितको उपचार र न्यायिक प्रक्रियामा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले बताउनु भयो । द्वन्द्व पीडित कमला पन्त कुवँरलाई सहयोग गर्नलाई एडभोकेसी फोरमका बसन्तगौतमले घरेलु हिंसा पीडितलाई सहयोगकालागिउच्चअदालतबार एशोसिएशनका अध्यक्ष बिकास आचार्यले सिफारिस गर्नु भएको थियो । असोज १२ गते बसेको मानवअधिकार सहायता कक्षको बैठकले दुबै जनालाई सहयोग गर्ने निर्णय गरेको थियो ।
चार वर्षदेखि क्यान्सरको बिरामीरहनु भएको कुँवरले सहयोगले उपचारमा मद्दत पुग्ने बताउनु भयो । यसैगरी घरेलु हिंसा पीडित बबिता लोहारले सहयोगले कानुनी प्रक्रियामा सहयोग पुग्ने बताउनु भयो । सहयताकक्षले यस अघि प्रहरी हिरासतमायातानापाएका कोहलपुर नपा– १५ दिपक यादवलाई सहयोग गरेको थियो । डिसिएको सहयोगमा स्थापना गरिएको मानवअधिकार सहायता कक्षको सचिवालय इन्सेक, नेपालगञ्जमा रहेको छ ।सहयताकक्षले जनही १० हजार रुपियाँ सहयोग गरेको इन्सेक लुम्बिनीप्रदेशका लेख अधिकृत विनोद पाण्डेले बताउनु भयो ।