धनकुटामा ६ महिनामा मानव अधिकार उल्लंघनका ५७ घटना

इकान्तिपुर डटकम । २०८० असार १४ गते

सोलुखुम्बु : सोलुखुम्बुमा महिला माथी हुने घरेलु हिंसाका घटना बृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको घटना विवरण अनुसार जिल्लामा घरेलु हिंसाका घटनामा बृद्धि भएको हो ।  गत सन् २०२२ मा २२ ओटा घटना अभिलेखिकरण गरेको इन्सेकले सन् २०२३ को ६ महिनाको अवधिमा ३० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ । सोमबार सल्लेरीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि अन्जु  कार्कीले सबै भन्दा बढी घरेलु हिंसा र बालिका माथी हुने बलात्कारका घटना बढी रहेको बताउँनुभयो ।  गत वर्ष ९ ओटा बलात्कारका घटना भएकोमा यो वर्ष ६ महिनाको अवधिमा ११ ओटा बलत्कार र बलत्कार प्रयासका घटना घटेको उहाँको भनाई छ । इन्सेकको तथ्याङ्क अनुसार गत १३ ओटा घरेलु हिंसाका घटना घटेको थियो भने चालु वर्षको ६ महिनामा १८ वटा घटना घटेका छन् । 

नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षतामा सरोकारवाला बीच गरिएको अन्तरक्रिया कार्यक्रममा बाल यौन दुव्र्यवहारका १,  हत्या १ र गैरराज्यबाट १ वटा घटना भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले इन्सेकसँग सहकार्य गरि जिल्लामा विभिन्न कार्यक्रम गर्न प्रहरी सधै तत्पर रहेको बताउँनुभएको छ ।    प्रहरीलाई जानकारी नभएका बिषयमा इन्सेकसँग सहकार्य गरि काम गरिरहेको बताउँनुभयो । पिडितसँग पुन भेटघाट कार्यक्रम सुरु गर्न लागेको जानकारी गराउदै वहाँले इन्सेकसँग समेत सहकार्य गरि काम गर्ने बताउँनुभयो । यस्तै सोलुखुम्बु प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले  घटना किन घटिरहेका छन र घटना न्युनिकरणका लागी कस्कोे भुमिका कस्तो हुनुपर्छ भनेर काम गर्न सुझाव दिनुभएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले इन्सेकले मावन अधिकारको क्षेत्रमा गरेको कार्यको उच्च प्रशंसा गरेका छन् । मावन अधिकार उल्लङ्घनाका घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको अधिकारकर्मीले बताएका छन् । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, मानव अधिकारकर्मी र पत्रकारलगायतको सभागिता रहेको थियो  । 

Source: https://ekantipur.com/pradesh-1/2023/06/29/168804754666981387.html