नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
दिव्यदर्शन टेलिभिजन । २०७८ असार ३१ गते
अनौपचारिक क्षेत्र सेवाा केन्द्र (ईन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तकमा धादिङका अर्धवार्षिक रुपमा २१ ओटा घटना समाबेश हुने ईन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले प्रतवेदन प्रस्तुत गर्नुभएको थियो ।
जिल्लामा ६ महिनाको अवधीमा कुटपिटबाट २ जना स्वास्थ्यकर्मी, २ जना अधिकारकर्मी, १ जना राजनीतिककर्मी घाईते भएको छ । कथित बोक्सि आरोपमा १ जना, बलात्कार र बलात्कार प्रयासका ५ घटना, बालयौन दुर्व्यवहारका ५ घटना, १ सय ५० जना विद्यार्थी माथी शिक्षकहरुले देरव्यवहार गरेको घटनाबारे कार्यक्रममा जानकारी गराईएको थियो । स्वास्थ्य अधिकार अन्र्तगत कोरोना विरुद्धको खोपको, व्यवस्थापनका बारेमा धादिङ स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर अधिकृत श्यामप्रसाद पोखरेलले जानकारी दिनुभयो । यसअघि संचालित खोप कार्यक्रममा अनियमितता भएकोले आगामि दिनमा तोकिएका उमेर समुहले लगाउन आग्रह गर्नुभयो । जिल्ला सरकारी वकिल खेम पाठकले कोरोना विरुद्धको खोप मानवअधिकार अन्तरगत नागरिकको अधिकार भएको बताउनुभयो । मानवअधिकारका विषयवस्तु बालबालिका र महिला माथिका यौन दुरव्यवहारका घटनाहरु प्रकाशन गर्दा दोहोरो तथ्यजाँच गरेर प्रकाशन गर्न आग्रह गर्नुभयो । सरकारले उपलब्ध गराएको खोपका बारेमा नागरिकहरुलाई सचेत बनाउँदै प्राथमिकता अनुसार व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल बार एसोसिएसन धादिङका अध्यक्ष कृष्णराज अधिकारी, अधिवक्ता विश्वराज अधिकारी, रामकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सानुबाबु तिमल्सिना, सरिता श्रेष्ठ, महिला अधिकारकर्मी गायत्री खतिवडा, अधिकारकर्मी श्याम मगराती, बेगबहादुर सुनार लगायतले मानवअधिकार वर्ष पुस्तकमा स्वास्थ्यको अधिकारबारे उल्लेख गर्न आग्रह गर्दै सबैको पहुँचमा नेपाल मानवअधिकार वर्ष पुस्तक पुर्याउन आग्रह गर्नुभयो ।
Source: https://divyadarshan.tv/?p=1642&fbclid=IwAR3T6wRmyO61aHqbpkbeJQdNsMpiBkmct7Zbr-z-UKzeZhQeMioKQ9oKuFA