पोखरामा आइएनएफको सक्रियतामा छालाका रोगीको उपचार
समय नेपाल डटकम । २०८० माघ ११ गते
पोखरा / आइएनएफ हरियो खर्क अस्पताल पोखराको प्राविधिक सहयोग, इन्सेक गण्डकी प्रदेशको समन्वय छाला रोगिको लागि निशुल्क स्वास्थ्य जाँच तथा औषधि उपचार गरिएको छ । पोखराको सराङ्कोटमा रहेको सुधार गृहका बालकको बिहिबार निशुल्क स्वास्थ्य जाँच तथा औषधि उपचार गरिएको हो ।
सुधार गृहमा रहेका ४९ जना बालकहरुले सेवा लिएको सुधार गृहका कर्मचारी ज्योती शर्माले बताउनुभयो । अधिकांश बालकहरुमा छालासम्वन्धी उपचार भएको हरियो खर्क अस्तपतालका डा. प्रकाश नेपालीले जानकारी दिनुभयो ।
कैयौदिन देखि छालामा समस्या रहेकामा हरियो खर्क अस्पतालद्वार उपचार गर्न पाइएको सुधार गृहका बालकहरुले खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा हरियो खर्क अस्पतालका संयोजक ताराहाङ् तावाले हरियो खर्क अस्पतालको सेवा निरन्तर रहने र सुधार गृहमा सेवा गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सेव गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।