बाल अधिकार चेतना समूहद्धारा नाटक प्रर्दशन

चितवन । २०८० जेठ ३ गते

इच्छाकामना गाउँपलिका–१ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले ०८० जेठ २ गते बालविवाह तथा कुलतको विकृतिविरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन गरेका छन् । पहाडी भूगोल र आदिवासी जनजाती तथा अल्पसङ्ख्यक चेपाङ समुदायको बसोबास यस क्षेत्रमा छ । बालविवाह यस क्षेत्रको मुख्य समस्या हो ।

   

यस सडक नाटक प्रदर्शन कार्यक्रममा श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङका प्रधानाध्यापक लोक बहादुर मगरले सडक नाटक प्रदर्शनले समाजका मानिस र विद्यार्थीहरूको चेतनाको बिकास र सकारात्मक सन्देश प्रवाह गर्नसक्ने बताउनु भयो । नाटक प्रदर्शन कार्यक्रममा स्थानीय, स्वास्थ्यकर्मी, शिक्षक र विद्यार्थीहरूकोे उपस्थिति रहेको थियो ।

दिपेन्द्र अधिकारी