मानव अधिकार समूहद्धारा गाउँपालिकाको ध्यानाकर्षण

अनलाईन अन्नपूर्ण डटकम । २०८० वैशाख १४ गते

माछापुच्छे« मानव अधिकार समूहले बिहीबार गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । समूहका अध्यक्ष डील्लीराम भण्डारी र इन्सेक जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीले गाउँपालिका उपाध्यक्ष सीता अधिकारीलाई भेटी ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन्। ध्यानाकर्षणपत्र बुझ्दै उपाध्यक्ष अधिकारीले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाइन् । समूहले गाउँपालिकाभित्र रहेका विद्यालय तथा स्वास्थ्यसंस्था अनुगमन गरी ०७९ फागुन १४ गते १६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको थियो । ध्यानाकर्षणप्रतिको धारणा र कार्यपालिका बैठकमा यस बिषयमा छलफल भए नभएको बारे जानकारी गराउनपनि समूहले माग गरेको छ ।

०७९ चैत २६ गते माछापुच्छे«–५ रिभानको निष्पक्ष मावि र भेडावारी स्वास्थ्यचौकीमा अनुगमन गर्दा विद्यालय पहिरोको जोखिममा रहेको, अधिकांश विद्यालयहरूमा तहगत दरबन्दी पूरा नभएको भन्दै पहलका लागि आग्रह गरेको छ । त्यस्तै भेडावारी स्वास्थ्य चौकीमा सुत्केरी वार्डमा ईर्मजेन्सी लाइट तथा हिटरको समस्या रहेको, एक्सरे मेसिनसहित एक रेडियोग्राफरको व्यवस्था गर्न र सोलारको मर्मत गर्नपनि समूहले आग्रह गरेको छ ।

Source: https://onlineannapurna.com/2023/2266/