लैगिक हिंसा र जातीय विभेद विरुद्धको सडक नाटक निरन्तर
फरकबाटो डटकम । २०७९ फागुन ११ गते
सुर्खेत । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले लैंगिक हिसां तथा जातिय बिभेद विरुद्ध फागुन १० गते बुधबार पनि दोस्रोपटक सडक नाटक प्रदर्शन गरेको छ । वीरेन्द्रनगरमा गरिएको सडक नाटक मार्फत समाजमा हुने लैंगिक हिसां तथा जातिय बिभेदका घटनालाई नाटक मार्फत दर्शाउन खोजिएको थियो । लैंगिक हिंसा तथा जातिय विभेद गर्नुहुदैन भन्ने हेतुले समाजमा सकारात्मक परिर्वतनको लागि इन्सेकले सचेतनामुलक सडक नाटक प्रर्दशन गरिरहेको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले बताए । लैंगिक हिंसा तथा जातिय विभेद समाजबाट सदाका लागि हटाउन इन्सेकले कर्णाली कला प्रतिष्ठानसंग सहकार्य गरि वीरेन्द्रनगर(३ स्थित ऐरी चोकमा करिव दुईसय जनाको सहभागीता र वीरेन्द्रनगर १० पिपिरामा करिव १७५ जनाको सहभागीतामा सडक नाटक प्रदर्शन गरेको कार्यक्रम संयोजक पौडेलले बताए । सडक नाटकमा स्थानीय कलाकारहरुको प्रभावकारी प्रस्तुति रहेको थियो ।
सडक नाटक मार्फत कलाकारले महिला माथी हुने लैंगिक हिसांका कारण पढ्न नपाउने, मानसिक तथा शाररिक हिंसाको सामना गर्नु पर्ने जस्ता बिषयबस्तुहरु चित्रण गरिएको थियो भने जातीय बिभेदका कारण समाज हिंस्रक बन्दै गएको जहाँ दलितहरुले आत्म सम्मान बिना समाजमा बाँच्नुपर्ने परिस्थीतीको चित्रण गरिएको थियो । साथै सडक नाटक मार्फत किशोर किशोरीहरुको सचेतना अभिबृद्धि गर्न समेत सहयोग पुग्न सक्ने उहाँको भनाई छ । सानो उमेरमा बिवाह गर्न नहुने र बालविवाहले आगामी दिनमा आउन सक्ने समस्या र अवसरबाट समेत वञ्चित हुनुपर्ने अबस्था समेत चित्रण गरिएको छ । नाटकलाई थप सचेतनामुलक बनाउनका लागी लैगिंक हिसा तथा जातीय बिभेद सम्वन्धी कानुनी सचेतना पर्चा पनि बितरण गरिएको थियो ।
जातीय बिभेद गर्नेले जातिय बिभेद तथा सामाजिक छुवाछुत र बिभेद (कसुर सजाय ऐन) २०६८ अनुसार तीन महिना देखि तीन बर्ष सम्म कैद र पचास हजार देखि २ लाख सम्म जरिवाना हुन सक्छ र लैंगिक हिंसा गर्नेलाई घरेलु हिसां कसुर सजाय ऐन २०६६ अनुसार कसुर हेरी तीन हजार देखि पचास हजार वा ६ महिना सम्म कैद वा दुवै सजाय हुन सक्ने व्यबस्था छ । आगामी दिनमा पनि सडक नाटक मार्फत समाजमा रहेका विकृती विरुद्ध सचेतनामुलक कार्यक्रम गर्ने कार्यक्रम संयोजक पौडेलले सुनाए ।
Source: https://farakbato.com/?p=19781&fbclid=IwAR2D3P8a73VNsDSwUh6pBj6Q2KN9DmYPPEKcKq-2o-MVTKdqN-UUtWioqNc
HUMAN RIGHTS NEWS PORTAL






