लैङ्गिक हिसाँ बिरुद्धको १६ दिने अभियान लाई बागलुङमा भव्य रुपमा मनाईने

धवलागिरी एफएम डटकम । २०८० मङ्सिर ६ गते

बागलुङ, ६ मंसिर – लैङ्गिक हिसाँ बिरुद्धको १६ दिने अभियान लाई बागलुङमा भव्य रुपमा मनाईने भएको छ ।प्रतेक बर्ष नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म मनाईदै आएको यस अभियान भरी बागलुङका सरोकारवालाले बिविध सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेका हुन् ।बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।अभियानको पहिलो दिन सामाजिक बिकास कार्यालय र बागलुङ नगरपालिकाले संयुक्त रुपमा र्याली सहित अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय भएको सामाजिक कार्यालय प्रमुख गोमादेबी शर्मा रिजालले जानकारी दिनुभयो ।

यस्तै अभियान अन्र्तगत लैङ्गिक हिसाँ र मानववेचबिखन सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्नका लागि जिल्लाका १० वटै स्थानिय तहलाई पत्राचार गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । यही मंसिर ९ गते अर्थात नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म मनाईने कार्यक्रममा बागलुङ नगरपालिका प्रहरी प्रशासन, गै .स.स महासघं, अन्तरपार्टी महिला संजाल, ईन्सेक, ओसीएमसी,सहयात्रा, अपाँङ्ग महासघं सहित दर्जन बढि संघसंस्थाले बिभिन्न सचेतनामुलक तथा जागरणमुलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।सो अवसरमा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले लैङ्गिक हिँसा बिरुद्धको अभियानलाई नारामा मात्र सिमिति नभै लक्षीत वर्ग सम्म पुग्ने गरी कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । सबै संगठित भएर गर्ने यस्ता खालका कार्यक्रमले समाजमा हुने सबै खालका हिँसको अन्त्य गरी न्यायपुर्ण समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । बैठक प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संचालमा सम्पन्न भएको थियो ।

source: https://www.dhaulagirifm.com/news/16594/?fbclid=IwAR35PByiWwRn9O_rst_ok9khCflI8PFRJJvRWljcufNBoMR1VgYsy0wOKPU