








खबर मधेश डटकम । २०७८ जेठ १८ गते
जनकपुरधाम, १८ जेठ । तीन तहको सरकारले ल्याएको नीति नियम राम्रो भएपनि कार्यान्व्यन पक्षको नियत खराब भएको कारण सामाज र मुलुक समृद्धि हुन नसकेको प्रदेश साँसद मञ्जु यादवले आरोप लगाएकी छन् । ‘एउटा भनाई छ, मुलुकलाई बर्बाद गर्नु हो भने त्यहाँको शिक्षालाई बर्बाद गरी देऔं’ साँसद यादवले भनिन, ‘राजनीति पावरपोलिसी भई सक्यो । यहाँका शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा पनि राजनीतिकरण पसेका छन् । जहाँ सबै निकायमा राजनीतिक भई रहेको छ्, त्यहाँको सामाज र देशको समृद्धिको परिकल्पना कस्तो गर्न सकिन्छ ।’ औपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा बुधवार आयोजित शिक्षा, स्वास्थ्य खाद्य र आवासका अधिकारका सवालमा ‘सरकार र व्यवस्थापिकाको भूमिका विषयक गोष्ठीमा साँसद यादवले नेपालमा तीन तहकै सरकार असफल रहेको भन्दै यहाँ व्यक्ति बलियो र देश कमजोर अवस्थामा छ । जबसम्म राज्यका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको नियत राम्रो हुँदैन तबसम्म समृद्ध समाजको परिकल्पना असम्भव रहेको बताएका छन् ।
संविधानलाई कोट्याउँदै उनले भने, ‘शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी बलियो कानून निर्माण नभएको होइन, तर कार्यान्वयन पक्ष गर्ने निकायको नियत खराब भएको कारण यी सबैको अवस्था नराम्रो रहेको हो ।’ कार्याक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्णले मानव विकासका लागि ‘शिक्षा, स्वस्थ्य, खाद्य र आवास आवश्यक भएता पनि यी अंगहरु अपाङ्ग रहेको बताएका छन् । उनले समस्या सबैलाई थाहा छ, तर समाधान कसरी हुने वा गर्ने चासो देखिदैन । राज्यले कानून निर्माण गरेर मात्र सम्भव छैन, कानूनलाई बलियो रुपमा कार्यान्वयन गर्नुपर्छ । यी क्षेत्रमा राजनीति सिफारिस वा नियुक्ती प्रक्रिया बन्द गरी प्रभावकारी रुपमा अगाडि बढाउन सम्बन्धित निकायसँग माँग गरेका छन् ।शिक्षा, स्वास्थ्य लगायतको जिम्मेवारी स्थानीय तहमा गएको छ । तर स्थानीय तहका जनप्रतिनिधिले आफै सम्बन्धित विषयमा अदक्ष रहेको कारणले यी क्षेत्रलाई सवल बनाउन सकेको छैन । कार्यक्रममा धनुषा शिक्षा प्रमुख राजदेव यादवले शिक्षा अनुगमन अधिकार, विद्यालय व्यवस्थापन गर्ने अधिकार पूर्वाधार निर्माण, जनशक्ति पदपूर्तिको सिफारिस, कर्मचारी तथा शिक्षक दरबन्दी मिलान पालिकाको मातहतमा रहेको छ । त्यसका वावजूद पनि सुधार नहुनुमा हामी सबै दोषी रहेको बताएका छन् । इन्सेकका मधेश प्रदेश अध्यक्ष राजु पासमानको अध्यक्षमा भएको सो कार्यक्रममा पत्रकार कैलास दास, युवा अभियन्ता दिवाकर उप्रेती, संजीव महतो लगायतकाहरुले आफ्ना विचार राखेका छन् ।
Source: https://khabarmadhesh.com/2022/06/01/6325/?fbclid=IwAR11At9yEFCKQsaWNQJs7dP7mWZjOoNbCIXQQ6oAkJQByHvJOQcCoa7eyBo