स्थानिय स्तरमा मानवअधिकार रक्षक सञ्जाल निर्माण गर्नुपर्नेमा जोड

कञ्चनपुर–डिसिए र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीकोे सहकार्यमा मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपरले आइतवार महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरूको अवस्था र आगामी कार्ययोजना निर्माणका लागी भएको छलफल कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुले स्थानिय स्तरमा मानवअधिकार रक्षक सञ्जाल निर्माण गर्न सुझाव दिएका छन ।

मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरका सदस्य उद्धबराज भट्टले जिल्लामा लैङ्गिक हिंसा प्रभावितहरूका लागि सुरक्षित आवास गृह नभएका कारण महिला अधिकारका क्षेत्रमा काम गर्ने अधिकार रक्षकहरूलाई समस्या भएको बताउनुभयो ।

यसैगरी मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरका सदस्य प्रभुनिधि पन्तले मानवअधिकार रक्षकहरुको स्थानिय स्तर सम्म सञ्ंजाल निर्माण गरिनुपर्ने बताउनुभयो । पन्तले स्थानिय स्तरमा रहेका मानवअधिकार रक्षकहरु बढी जोखिममा हुने भएकोले स्थानिय स्तरसम्म सञ्जाल निर्माण गर्नुपर्ने बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खडकराज जोशीले आगामी बर्षमा मानवअधिकार रक्षकहरुको सुरक्षा र क्षमता अभिबृद्धी गर्ने आगामी परियोजनाका लागी आवश्यक छलफल गरेको बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डिसिए परियोजना संयोजक सरिता पुरीले सहजिकरण गरेको कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

महिला हिंसा पिडितलाई मानव अधिकार सहायता कोषबाट सहयोग

मानव अधिकार सहायता समिति सुदुरपश्चिम र इन्सेक धनगढीले आइतवार महिला हिंसा पिडितलाई कानुनी सहायताका लागि सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको इन्सेकका प्रदेश प्रमुख खडकराज जोशीले बताउनु भयो ।
डिसिएको सहयोगमा स्थापना गरिएको मानव अधिकार सहायता कोषबाट सहयोग गरिएको प्रदेश प्रमुख खडकराज जोशीले बताउनु भयो ।

जिल्ला अदालत, कञ्चनपुरमा पतिका विरुद्ध कानुनी लडाइको प्रक्रियामा रहेकी भिमदत्त नपा– १९ की कञ्चन खडायतले आर्थीक अबस्था कमजोर रहेको र कानुनि सहायता गर्नका लागी मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरलाई आग्रह गरेपछि सञ्जालको सिफारिसमा पिडित खडायतलाई कानुनी सहायताका लागी रकम सहयोग गरिएको सञ्जालका सदस्य उद्धवराज भट्टले बताउनु भयो ।

इन्सेकका प्रदेश प्रमुख खडकराज जोशी र सञ्जालका सदस्य उद्धवराज भट्टले पिडित खडायतलाई नगद रकम १० हजार रुपियाँ हस्तान्तरण गरेका थिए ।

Source: https://ekanchantoday.com/2020/11/29/3544/?fbclid=IwAR2XJO-KhXain-z8bRYSeRMjSXzSlbaqyUvgph5WrOYu0_ThEJVru1FMxUU