घोषणापत्र पारित गर्दै इन्सेकको ३० औँ साधारण सभा सम्पन्न
देवघाट अनलाइन । २०८३ असोज २० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ३० औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौँमा सम्पन्न भयो ।
सभाको अध्यक्षता गर्दै इन्सेक अध्यक्ष विजयराज गौतमले ३५ वर्षभन्दा लामो इतिहास बोकेको संस्थाको साख जोगाउँदै इन्सेकलाई थप जवाफदेही, पारदर्शी र परिणाममुखी बनाउन वर्तमान नेतृत्व प्रतिबद्ध रहेको बताए । दातृ निकायहरूको बदलिँदो नीति र प्राथमिकताका कारण बजेटको आकारमा केही सङ्कुचन आए पनि भौतिक सम्पत्तिको उपयोग, प्रदेश तथा स्थानीय सरकारसँगको साझेदारी र आन्तरिक स्रोत व्यवस्थापनमार्फत संस्थागत दिगोपना कायम गर्ने योजना अघि बढाइएको गौतमले बताए ।
इन्सेकका महासचिव गीता बरालले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लता प्याकुरेलले आर्थिक वर्ष सोही वर्षको आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेकी थिइन् । साधारण सभाले समसामयिक विषयमा घोषणापत्र समेत जारी गरेको छ ।

Source: https://shorturl.at/H4W0l
Source: https://samacharbichar.com/news/12047/
HUMAN RIGHTS NEWS PORTAL







