डाेटीमा मानवअधिकार उपभाेगकाे अवस्था कम्जोर- जाेशी

सुपअनलाइन डटकम । २०८० चैत १५ गते

मनमाेहन ठकुल्ला, डाेटी
डोटीमा मानवअधिकार उपभाेगकाे अबस्था कम्जोर रहेकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएकाे संयुक्त आयोजनामा सिलगढीमा गरेकाे एक ओपचारिक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदुरपश्चिम प्रदेश समितिका सदस्य खड्क राज जाेशीले यस्तो बताएका हुन् । मानवअधिकारको अवस्था बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले बाेल्दै भने “जिल्लामा अझै पनि परम्परागत कुसंस्कार कायम रहेकाे छ, जसले गर्दा मानवअधिकार खाेस्सिएकाे छ ।” उहाँले समाजमा परापूर्वकालदेखि चल्दै आएका विकृति विसंगति अझै समाजमा कायम रहेकाे बताए । साथै मानवअधिकार हनन भएकाे उनले बताएका छन् ।

उनले थपे,”समाजमा रहि आएका बालविवाह, बहुविवाह, छुवाछूत, लगायतका विभिन्न विकृति विसंगतिले समाज खण्डित पारेकाे छ ।” त्यस्तै मानवअधिकारका घटना कम गर्न सबैले आ–आफ्नो तर्फबाट लाग्नु पर्ने र आफूले पाएको जिम्मेवारी इमान्दार भएर पुरा गरे घटनाहरु कम हुने जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले बताएका छन् । सिंहले थपे ” मानवमा नैतिकताको कमी भएकाले मानवअधिकार उल्लंघनका घटना बढ्दै गएका छन् । त्यस्तै पत्रकार तथा मानव अधिकारकर्मी रामहरी ओझाले प्रहरीले मानव अधिकारकाे क्षेत्र प्रभावकारी भूमिका निर्वाह नगरेकाे बताएका छन् । पत्रकार ओझाले भने ” प्रहरीले बदला लिन खाेजेकाे हाे ।” पत्रकार नवराज जाेशीले डाेटी प्रहरीले जाहेरी दर्ता नगरेकाे आराेप लगाएका छन् । जाेशीले भने ” डाेटी प्रहरीमा पिडित पक्षबाट जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गर्छ ।”

Source: https://supaonline.com/7379/

Source: https://muluknews.com/archives/18634?fbclid=IwAR0pz0l8vV06Xe9wEAJbJIl7kRkp0KSsxZGVTQvU4i-XkCOFy1yuuc0XX94_aem_AdvuSrelOS7kVzCBe1q-p51DBxQUPp3Dy8QKA7wF8vNZmL4ACKwPzL2GGe_Ta9xz_yyhARpNv0bUGED55V-arbAV