वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भत्सर्ना

२०८१ माघ २ गते

‘वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि माघ २ गते जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुव्र्यवहार गरेको घटनाको हामी निन्दा तथा भत्सर्ना गर्दछौँ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा ठगी मुद्दाका प्रतिवादी पूर्व गृहमन्त्री रवि लामिछानेको विपक्षमा त्रिपाठीले बहस गर्नुभएको थियो ।

स्वतन्त्र न्यायपालिका तथा न्याय सम्पादन प्रकृयामा गर्न खोजिएको अवरोध संविधानको अक्षर र मर्म विपरीतको कार्य हो । भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहुने प्रबन्ध मिलाउन र घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन हामी नेपाल सरकारसँग माग गर्दछौँ ।

Kundan Aryal Signature

 

 

 

डा. कुन्दन अर्याल
अध्यक्ष