२०७९ असोज ७ गते

डा. केसीको जीवन रक्षाका लागि अपिल

 

डा. गोविन्द केसी २० औँ अनशन बस्नु भएको १२ दिन भएको छ । यसअघिका सम्झौता कार्यान्वयनको मागसहित धनगढीस्थित कृष्ण मन्दिरमा भदौ २७ गतेबाट अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या आएको भन्दै सेती अस्पतालमा उपचारार्थ भर्ना हुनु भएकोमा हाल काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा ल्याएर उपचार गराइएको छ ।  

चिकित्सा सुधारसहितका सात बुँदे माग राखेर धनगढीबाट अनशन थाल्नु भएका डा. केसीसँग सार्थक वार्ता गरी जीवन रक्षाका लागि हामी जोडदार माग गर्दछौँ । डा. केसीका विगतका अनसन अन्त्य गर्न उहाँसँग यसअघि गरिएका सम्झौता र सहमति कार्यान्वयन नभएको उहाँको भनाइ रहेको छ । व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएकाले डा. केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गर्दछौँ । 

 

Dr. Indira Shrestha

डा. इन्दिरा श्रेष्ठ 

अध्यक्ष