हार्दिक श्रद्धासुमन
मिति-२०७५ कात्तिक १९ गते
मानव अधिकारकर्मी एवं वामपन्थी नेता ७८ वर्षीय पद्मरत्न तुलाधरको कात्तिक १८ गते आइतबार उपचारका क्रममा निधन भएको खबरले हामीलाई दु:खी तुल्याएको छ । उहाँको निधनले नेपालको सामाजिक क्षेत्रमा अपुरणीय क्षति भएको छ । शोकको यस घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
पञ्चायतकालदेखि लोकतन्त्रका लागि कृयाशील स्वर्गीय तुलाधर २०६२-६३ को जनआन्दोलनमा सकृय सहभागी हुनु भएको थियो । सशस्त्र द्वन्द्वका समयमा नेकपा माओवादीलार्इ शान्ति प्रक्रियामा ल्याउन तुलाधरले भूमिका खेल्नुभएको थियो । सामाजिक न्याय र लोकतन्त्रप्रति आस्थावान स्व. तुलाधरले गर्नुभएको योगदान हाम्रो मानसपटलमा सदा रहनेछ ।
सुबोधराज प्याकुरेल
अध्यक्ष