‘बन्दाबन्दीको ५४ दिनमा हिंसाबाट ५०२ जना महिला र बालिका पीडित, २३ को परिवारबाटै हत्या’
बुधबार, जेठ ७, २०७७ हिमालखबर बन्दाबन्दी भएको ५४ दिनमा पाँचसय दुईजना महिला र बालबालिका हिंसाबाट पीडित भएको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बन्दाबन्दी शुरु भएको ११ चैतदेखि ३ जेठ २०७७ सम्म अभिलेख गरेको प्रतिवेदन आज (बुधबार) सार्वजनिक गर्दै यो जानकारी गराएको हो…
लकडाउनभर गण्डकी प्रदेशमा ४१ हिंसाका घटना
बुधबार, ०७ जेठ २०७७ समाधान संवाददाता गण्डकी प्रदेशमा लकडाउनको ५४ औं दिनसम्म ४१ वटा महिला तथा बालिका हिंसाका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार लकडाउनको ५४ औं दिनसम्म प्रदेशभर यत्तिको संख्यामा घटना भएका छन् । महिलामाथि २८ र बालिकामाथि १३ हिंसाका…
बिरामीलाई उपचार नगर्ने अस्पताललाई कारबाही गर्न दुई दर्जन संघसंस्थाको माग
कोशी अनलाइन मङ्गलबार, २३ बैशाख, २०७७ मा प्रकाशित विराटनगर , २३ बैसाख । बिरामीको उपचार नगर्ने विराटनगरका निजी अस्पतालहरुलाई कानुनी कारबाही गर्न गर्न दुई दर्जन नागरिक संस्थाहरुले संघीय र प्रदेश सरकारसँग माग गरेका छन । नोबेल टिचिङ्ग अस्पताल तथा विराट अस्पताल (विराट नर्सिङ्ग होम) र विराट टिचिङ्ग लगायतका अस्पतालहरुले कोरोनाको…
उपचार नगरी बिरामी फर्काउने अस्पताललाई कारबाही गर्न माग
विराटनगरका करिब दुई दर्जन संस्थाले उपचार नगरी बिरामी फर्काउने निजी अस्पताललाई कारबाही गर्न माग गरेका छन् । कारबाहीको माग गर्नेहरूमा नेपाल बार एसोसिएसन, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, इन्सेक, मानवअधिकार सञ्जाल, महिला मानवअधिकार सञ्जाल र नारी विकास संघ रहेका छन् । त्यस्तै सिविन हेल्पलाइन, माइती नेपाल, वपरडेक, ओरेक, रिडेफ…
अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायमै : इन्सेक
२२ बैशाख २०७७, सोमबार १४:५५ by Digo Khabar दिगो समाचारदाता ललितपुर २०७७ वैशाख २१ गते अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायमै रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा २०७७ वैशाख २१ गते इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले विज्ञप्ती जारी गरी विश्वभर ‘भय र…
इन्सेकको समन्वयमा राहत वितरण
आइतवार, बैशाख २१, २०७७सेतोखरी नेपालगन्ज : कियोस परियोजना अन्तर्गत बाँकेको राप्तीसोनारी गाँउपालिका अन्तर्गतका ग्रामिण समूदायलाई राहत वितरण गरिएको छ । गाँउपालिकाको नाकाबस्ती गुर्दन गौरी, महेशपुर, चुनभट्ठी, बासखोली, मासमानी ,खयरभट्ठी टोलका १ सय २६ घरधुरीलाई उक्त राहत वितरण गरिएको इन्सेक प्रदेश कार्यालय नेपालगन्जका प्रदेश प्रमुख भोला महतले बताए । उक्त राहत…
मानव अधिकारको अवस्था अनुगमन गर्न प्रदेश स्तरीय समिति गठन
- नेपालगन्ज प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार २२:३७ बिश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न ५ नं प्रदेश स्तरिय मानव अधिकार अनुगमन समिति गठन भएको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं ५ कार्यालय, बुटवलकी निर्देशक सम्झना…
जीवनरक्षामा अधिकारकर्मीको अपील
By नेपालगन्ज न्यूज - 8 April, 2020 सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुरक्षामा विशेष जोड नेपालगन्ज स्थित मानव अधिकार आयोग लगायतका बिभिन्न अधिकारवादीसंघ सस्थामा आवद्ध अधिकारकमीहरुले बुधवार एक बिज्ञप्ती प्रकाशित गर्दै नागरिकको जीवन रक्षा तथा अहरणीय अधिकारको संरक्षण गर्न अपिल गरेका छन् । बिश्वभर कोभिड १९ संक्रमण फैलिन नदिन सरकारी तवरबाट भएका…
ईश्वर पोखरेलको समन्वयमा करिब ३ सय जनालाई राहत वितरण
२४ चैत्र २०७६, सोमबार १४:५३ प्रकाशित खोज संग्रह यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो | नेपालगन्ज – आदर्श ग्रुप तथा नेपालगन्ज मल्टिपल क्याम्पसका चिफ डाइरेक्टर तथा हिसानका केन्द्रिय उपाध्यक्ष ईश्वर पोखरेलको समन्वयमा करिव ३ सय जनालाई खाद्यान्न वितरण गरिएको छ। विश्वभरि नै महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को कारणले नेपाल अहिले…
सीमामा अलपत्र नेपालीको उचित व्यवस्थापन गर : इन्सेक
nayayougbodh.com/news/2020/04/04/424697 नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण आफ्नो मातृभूमि फर्कन चाहने तर नेपाल–भारत सीमामा अलपत्र परेका नेपाली नागरिकहरूको उचित व्यवस्थापन गर्न इन्सेकले सरकारसँग माग गरेको छ । इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा चैत २२ गते जारि विज्ञप्तिमा यसरी अलपत्र परेका नागरिकको शीघ्र तथा उचित व्यवस्थापन गर्न माग गरिएको हो ।…
HUMAN RIGHTS NEWS PORTAL