मानवअधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न मागपत्र

मानव आवाज डटकम । २०८३ असोज ३० गते हेटौँडा । इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले मानवअधिकार रक्षकहरूको कामलाई सुरक्षित, स्वतन्त्र र प्रभावकारी बनाउन कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र कानुन निर्माण प्रक्रियामा यस विषयलाई प्राथमिकताका साथ समेट्न आग्रह गर्दै मागपत्र…

मानव अधिकार रक्षक सञ्जाल विस्तारमा जोड

समाचार दैनिक डटकम । २०८३ असोज २९ गते जनकपुरधाम । मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनलाई प्रभावकारी बनाउन प्रदेशदेखि जिल्लास्तरसम्म मानव अधिकार रक्षक सञ्जाल विस्तार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । मानव अधिकार रक्षक सञ्जालको प्रदेशस्तरीय त्रैमासिक बैठकमा सहभागी वक्ताहरूले मानव अधिकार उल्लङ्घनका घटनाको पहिचान, पीडितलाई न्यायमा पहुँच तथा राज्यका निकायलाई…

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र नागरिक सचेतनामा जोड

मानव आवाज डटकम । २०८३ असोज २९ गते हेटौँडा । विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, प्रभावकारी पूर्वसूचना प्रणाली र नागरिक सचेतनालाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा ठूलो स्रोत खर्च गर्नुभन्दा विपद् आउनुअघि नै जोखिम पहिचान गरी न्यूनीकरणका उपाय अपनाउनु प्रभावकारी हुने उनीहरूको भनाइ…

चाडपर्व लक्षित उपभोक्ता अधिकार र शान्तिसुरक्षाका सवालमा चासो

नेपाखबर डटकम । २०८३ असोज २४ गते नेपालगन्ज २४ असोज : बाँकेका अधिकारकर्मीहरुले चाडपर्व लक्षित उपभोक्ता अधिकार र शान्तिसुरक्षाका सवालमा चिन्ता र चासो प्रकट गरेकाछन् ।  नेपालीहरुको महान चाडपर्व दशैंतिहारको पूर्वसन्ध्यामा राज्यका जिम्मेवार निकायले आफ्नो दायित्व प्रभवकारी ढंगले निर्वाह नगरेको भन्दै बाँकेका अधिकारकर्मीहरुले यस्तो चिन्ता र चासो दिएका हुन् । …

बाढीपीडितको पुनर्स्थापनामा ढिलाइ, तीनै तहका सरकारबीच समन्वयमा जोड

अनलाइन नुवाकोट डटकम । २०८३ असोज २४ गते नुवाकोट । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको अवस्थाबारे छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।  भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको अवस्था, राहत वितरण तथा पुनर्स्थापना र पुनर्निर्माणमा देखिएका समस्या…

जातीय विभेद घटनाको इन्सेक लगायतका संस्थाद्वारा अनुगमन

खुला नजर डटकम । २०८३ असोज २३ गते कास्की: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, मानवअधिकार रक्षक सञ्जाल गण्डकी प्रदेश कार्यालयको समन्वयमा पोखरा–१४ वडा कार्यालयमा जातीय विभेदको आरोप सम्बन्धी घटनाबारे ०८३ असोज २२ गते छलफल तथा अनुगमन गरिएको छ । पोखरा महानगरपालिका–१४, छिनेडाँडास्थित वडा कार्यालयमा कार्यरत कार्यालय सहायक…

रसुवाका बाढी प्रभावितको अधिकार संरक्षणमा जुट्नु पर्ने सरोकारवालाकाे भनाइ

रसुवा नेपाल डटकम । २०८३ असोज २३ गते भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार र राहतसँगै दीर्घकालीन पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ । जिल्ला समन्वय समिति, रसुवा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसीएको आयोजनामा भएको एक छलफलमा…

मानवअधिकारलाई भौतिक पूर्वाधारजस्तो मिटर वा गजले नाप्ने होइन : जिसस प्रमुख राई

घामघर डटकम । २०८३ असोज २० गते विराटनगर । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना सफल बनाउन सबै पक्षहरूबिच सहकार्य आवश्यक रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरले मङ्गलबार विराटनगरमा आयोजना गरेको मानव अधिकार रक्षक सञ्जाल…

घोषणापत्र पारित गर्दै इन्सेकको ३० औँ साधारण सभा सम्पन्न

देवघाट अनलाइन । २०८३ असोज २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ३० औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौँमा सम्पन्न भयो । सभाको अध्यक्षता गर्दै इन्सेक अध्यक्ष विजयराज गौतमले ३५ वर्षभन्दा लामो इतिहास बोकेको संस्थाको साख जोगाउँदै इन्सेकलाई थप जवाफदेही, पारदर्शी र परिणाममुखी बनाउन वर्तमान नेतृत्व प्रतिबद्ध रहेको बताए…

प्रदेश दलित अधिकारसम्बन्धी विधेयक पारित गर्न अधिकारकर्मीको माग

कोशी सन्देश डटकम । २०८३ असोज १९ गते विराटनगर। कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक चालु अधिवेशनबाटै पारित गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । इन्सेक कोशी प्रदेश र कोशी प्रदेशस्तरीय मानअवधिकार सञ्जालले सोमबार संयुक्त रूपमा कोशी प्रदेशसभाका सभामुख अम्मरबहादुर विष्टलाई ध्यानाकर्षणपत्र बुझाउँदै विधेयक पारित गर्न माग गरेका…