रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

देवघाट अनलाइन डटकम । २०८३ साउन १ गते ​पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको नेतृत्वमा अन्तर्राष्ट्रिय फौजदारी अदालत सम्बन्धी रोम विधान अनुमोदनको माग गर्दै मानव अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले साउन १ गते कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ मार्फत…

‘छोराछोरीको भविष्य हेरेर मात्र बाँचेकी छु’

समाचार दैनिक डटकम । २०८३ साउन १ गते जनकपुरधाम  । ‘म अन्तरजातीय प्रेम विवाह गरेर श्रीमानसँग जीवन बिताएँ । तीन सन्तानकी आमा बनेँ । तर आज मेरो आफ्नै नागरिकता छैन । श्रीमान् बित्नुभयो, उहाँको परिवारले कहिल्यै स्वीकारेन । छोराछोरीको जन्मदर्तासमेत बनाउन वडा कार्यालयले मानेको छैन । कहिलेकाहीँ सबै कुरा अन्त्य…

विराटनगरमा ज्ञापनपत्र बुझाउँदै रोम विधान पारित गर्न सरकारलाई आग्रह

ब्रेकिङ न्यूज डटकम । २०८३ साउन १ गते विराटनगर । अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मानव अधिकारकर्मीहरूले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधान तत्काल अनुमोदन गर्न माग गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको नेतृत्वमा विभिन्न मानव अधिकारसम्बद्ध संस्थाका प्रतिनिधिहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत…

रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सुधार न्यूज डटकम । २०८३ साउन १ गते कुम पश्चिम -१ । अन्तर्राष्ट्रिय फौजदारी अदालत सम्बन्धी रोम विधान अनुमोदनको माग गर्दै रुकुम पश्चिमका मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिले आज प्रमुख जिल्ला अधिकारी निशानराज गौतम मार्फत प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएका छन्। मानवअधिकार संजालका प्रतिनिधि अधिवक्ता गणेश हमाल, अनौपचारिक क्षेत्र…

अदालतको आदेशले मुक्तकमैयालाई जग्गा अधिकार सहज

गोरखापत्र अनलाइन डटकम । २०८३ साउन १ गते खजुरा । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले मुक्तकमैया तथा भूमिहीन सुकुम्वासीले प्राप्त गरेको जग्गाको अंशबन्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा महत्त्वपूर्ण आदेश जारी गरेको छ। न्यायाधीशद्वय मदन पोखरेल र सकुन्तला घिमिरेको संयुक्त इजलासले असार ३२ गते भूमि प्रशासन कार्यालय बाँके, कोहलपुरका…

कानुन कार्यान्वयन र पीडितको सुरक्षामा मानव अधिकार सञ्जालको जोड

पश्चिम टुडे डटकम । २०८३ असार ३२ गते धनगढी- बुधवार धनगढीमा सम्पन्न मानव अधिकार सञ्जालको तेस्रो बैठकले नीति र कानुन बने पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। लैङ्गिक हिंसा, अपाङ्गता र एकल महिलाका तथा बालबालिकाका सवालमा बनेका नीति तथा कानुन प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा पीडितहरू…

धनकुटा कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी, इन्सेकद्वारा अनुगमन

ईमधेश न्यूज डटकम । २०८३ असार ३२ गते ईमधेश न्यूज सम्वाददाता, धनकुटा ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले धनकुटा कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गर्दै कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिएको जनाएको छ। इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेल नेतृत्वको टोलीले कैदीबन्दीको मानव अधिकार, स्वास्थ्य,…

बाल सुधार गृहका किशोरलाई आत्मविश्वास र कानुनी सचेतनाबारे अभिमुखीकरण

विशेषपोष्ट डटकम । २०८३ असार ३२ गते हेटौँडा। मकवानपुरको हेटौँडा–११ थानाभर्याङस्थित बाल सुधार गृहमा रहेका किशोरहरूका लागि आत्मविश्वास, कानुनी सचेतना तथा सकारात्मक जीवनशैलीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। इन्सेक बागमती प्रदेश, प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल बागमती प्रदेशको आयोजनामा तथा सुनौलो शिक्षा नेपालको समन्वयमा बिहीबार कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम गैरसरकारी…

धनकुटाका पत्रकार भन्छन्, सामाजिक सञ्जालमार्फत् पत्रकारहरु माथि हमला भइरहेको छ

धनकुटा एफएम डटकम । २०८३ असार ३० गते धनकुटा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग छलफल कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । सो कार्यक्रममा सहभागी पत्रकारहरुले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत् पत्रकारहरुमाथि हमला भइरहेको भन्दै पहिले भन्दा अहिले पत्रकारीतामा समस्या र जोखिम बढ्दै…

सुदूरपश्चिम प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालके बैठक सम्पन्न

पहुरा डटकम । २०८३ असार ३१ गते धनगढी  । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुद्ररपश्चिम प्रदेश कार्यालय, धनगढीके आयोजनामे सुदूरपश्चिम प्रदेश स्तरिय वातावरणीय मानव अधिकार रक्षक सञ्जालके बैठक बुधके रोज धनगढीमे सम्पन्न हुइल बा । सुदूरपश्चिम प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालसे काम करटी रहेबेर सिकाई, भोगाईके समिक्षा ओ अनुभवके…