स्वच्छ र भयरहित निर्वाचन बनाउनु साझा दायित्व हो : न्यायाधीश ढकाल

| 04-Feb-2026

सुर्खेत । ०८२ माघ २० गते । जिल्ला अदालत सुर्खेतका न्यायाधीश एवंम् सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत दीपक ढकालले स्वच्छ र भयरहित निर्वाचन बनाउनु सबै निकाय र नागरिकहरुको साझा दायित्व रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेत र नेपाल मानव…

बाल अधिकारको संरक्षण लोकतान्त्रिक अभ्यासको अभिन्न हिस्साः अध्यक्ष गौतम

| 30-Jan-2026

काठमाडौ । २०८२ माघ १७ गते इन्सेक बागमती प्रदेश कार्यालय र बालबालिका शान्ती क्षेत्र अभियान (सिजप)को संयुक्त आयोजनामा आगामी प्रतिनिधि सभा निर्वाचनमा बाल अधिकार संरक्षणका लागि सरोकारवालाहरूको भूमिका विषयक छलफल तथा सिजप बागमती प्रदेशको भेला ०८२ माघ १६ गते इन्सेक केन्द्रीय कार्यालय, काठमाडौँमा सम्पन्न भएको छ । इन्सेक तथा फोरम…

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको वार्षिक बैठक सम्पन्न

| 30-Jan-2026

काठमाडौ । २०८२ माघ १६ गते मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको वार्षिक बैठक माघ १५ गते सम्पन्न भएको छ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरूको कार्यान्वयन अनुगमन गर्ने उद्देश्यले समन्वय केन्द्रको स्थापना सन् २००३ मा गरिएको बताउनु भयो…

मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

| 13-Jan-2026

कैलाली । २०८२ पुस २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुको क्षमता अभिवृद्धि तालिम ०८२ पुस २८ गते धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा काम गर्ने मानव अधिकार रक्षकहरुको साँझा बुझाई र एक आपसमा समन्वय सहकार्यमा वृद्धि गर्ने…

मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम

| 10-Jan-2026

धनुषा । २०८२ पुस २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकार रक्षकहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम पुस २५ गते जनकपुरधाममा सुरु भएको छ । तालिमको उद्घाटन सत्रमा मधेस प्रदेशका सभामुख रामआशिष यादवले लोकतन्त्र, सामाजिक न्याय र विधिको शासन मजबुत बनाउन मानव अधिकार रक्षकहरूको…

सरकारी संयन्त्र र नागरिक समाजबीच समन्वय आवश्यक : प्रमुख जिल्ला अधिकारी उपाध्याय

| 09-Jan-2026

सुर्खेत । २०८२ पुस २५ गते सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना न्यूनिकरण गर्नका लागि प्रशासन, सुरक्षा निकाय र नागरिक समाजबीच समन्वयको आवश्यकता रहेको बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०८२ पुस २५ गते वीरेन्द्रनगरमा आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष…

नेपालको विश्वव्यापी आवधिक समीक्षा (युपिआर) सम्बन्धी छलफल सम्पन्न

| 09-Jan-2026

ललितपुर । २०८२ पुस २४ गते संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् अन्तर्गत सबै सदस्य राष्ट्रहरूले आफ्नो मानव अधिकार स्थितिको समीक्षा गर्न २१ जनवरी २०२६ मा प्रस्तुत गरिने विषयवस्तुका बारेमा छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा ०८२ पुस २५ गते नेपालको विश्वव्यापी आवधिक समीक्षा (युपिआर) सम्बन्धी छलफलमा…

लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अनिवार्य: गृहमन्त्री अर्याल

| 08-Jan-2026

काठमाडौँ । २०८२ पुस २४ गते गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अनिवार्य रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार संगठन (हुरोन)को संयुक्त आयोजनामा “लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता” विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । काठमाडौंमा ०८२ पुस…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा

| 07-Jan-2026

गोरखा । २०८२ पुस १७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १६ गते गोरखामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको आयोजनामा समीक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इन्सेक प्रतिनिधि हरिराम उप्रेतीले सन् २०२५ को अवधिमा जिल्लामा आत्महत्या…

आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाया प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

| 07-Jan-2026

बाँके । २०८२ पुस २३ गते आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाया प्रतिवेदन तयारी कार्यशाला इन्सेक कार्य समिति सदस्य तथा अधिवक्ता विकास आचार्यको अध्यक्षतामा ०८२ पुस २२ गते नेपालगञ्जमा सम्पन्न भयो । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाया प्रतिवेदन तयारीकालागि लुम्बिनी प्रदेशका सवालहरुलाई समावेश गर्ने उद्देश्यले…