काभिड–१९ नियन्त्रणमा नागरिक समाजको भूमिका बढाउनु पर्नेः जिसस प्रमुख खुलाल

| 12-Oct-2020

मकवानपुर । २०७७ असोज २६ गते   जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि नागरिक समाजले जनचेतनाको क्षेत्रमा बढी काम गर्नुपर्ने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यलयले  हेटौँडामा असोज २६ गते आयोजना गरेको “कोभिड–१९ ले पारेको प्रभावः नागरिक समाज…

जैमिनी नगरपालिकामा खाद्य, शिक्षा, स्वास्थ्य र आवास सम्बन्धी समस्या पहिचान कार्यक्रम सम्पन्न

| 12-Oct-2020

बाग्लुङ । २०७७ असोज २६ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा बागलुङको जैमिनी नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहको बैठकले नगरभित्र भएका समस्याको पहिचान गरेको छ । असोज २५ गते जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न…

विश्वव्यापी आवधिक समीक्षा (युपीआर) को पूर्व सत्रका लागि पैरवी तालिम सुरू

| 12-Oct-2020

काठमाडौँ । २०७७ असोज २६ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोगले असोज २६ गतेदेखि काठमाडौँमा विश्वव्यापी आवधिक समीक्षको पूर्व सत्र तथा नागरिक समाजका प्रतिनिधिहरूलाई तीन दिने पैरवी तालिम सुरू गरेको छ । तालिमको उद्घाटनका अवसरमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले तालिमको प्रक्रियाका बारेमा जानकारी…

समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 12-Oct-2020

कास्की । २०७७ असोज २६ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनाका असोज २३ गते पोखरा महानगरपालिका–३२ मा समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशेष गरी भूमि अधिकारका सवालमा बाढी तथा पहिरो पीडित परिवारसँग छलफल गरिएको थियो…

विद्यालय सञ्चालन गर्न सरोकारवालाको जोड

| 12-Oct-2020

सल्यान । २०७७ असोज २६ गते   कोभिड–१९ का कारण अधिकांश विद्यालयमा क्वारेण्टिन र आइसोलेशन निर्माण भएकाले वैकल्पिक व्यवस्था अपनाएर भएपनि शिक्षालाई निरन्तरता दिनुपर्ने सल्यानका सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेकले असोज २४ गते शारदा नगरपालिकामा आयोजना गरिएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया…

जनता आवास कार्यक्रम प्रभावकारी बनाउन माग

| 11-Oct-2020

सुर्खेत । २०७७ असोज २५ गते   कर्णाली प्रदेश सरकारले अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी बनाउनु पर्ने एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन् । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्र्तगत वीरेन्द्रनगरमा गठित मानव अधिकार समूहको असोज २३ गते सम्पन्न समस्या पहिचान र कार्ययोजना…

स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 11-Oct-2020

कालीकोट । २०७७ असोज २५ गते   खाँडाचक्र नगरपालिकामा सरोकारवालाबिच स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २३ गते सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने उद्देश्यकासाथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । खाँडाचक्र नगरपालिकाका उप-प्रमुख बिजया विष्टको…

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा नागरिक समाजको भूमिका महत्वपूर्णः गैसस महासङ्घ अध्यक्ष

| 10-Oct-2020

काभ्रे । २०७७ असोज २४ गते   कोभिड–१९ को रोकथाप तथा नियन्त्रणमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने गैसस महासङ्घका अध्यक्ष जीताराम लामाले बताउनु भएको छ । कोभिड–१९ ले पारेको पारेको प्रभाव र नागरिक समाज तथा सञ्चार जगतको भूमिकाबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २४ गते काभ्रेमा गरेको भर्चुअल…

शैक्षिक अधिकारको प्रत्याभूति हुन नसकेको सरोकारवालाहरूको गुनासो

| 09-Oct-2020

दाङ । २०७७ असोज २३ गते   संघीय व्यवस्था अनुसार शैक्षिक अधिकारको प्रत्याभूति अझै हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असोज २३ गते घोराहीमा आयोजना गरिएको शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले मौलिक हकमा व्यवस्था गरेको भएपनि नागरिकलाई अधिकारको प्रत्याभूत हुने…

स्वास्थ्य अधिकारको अवस्था र सरोकारवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

| 09-Oct-2020

कपिलवस्तु । २०७७ असोज २३ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूह वाणगङ्गाकोे समन्वयमा स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरूबिचको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम असोज २२ गते सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य अधिकारको विषयमा भएको संबैधानिक व्यवस्था स्वास्थ्य तथा प्रजनन स्वास्थ्यको अधिकार, कसुर र सजाय…