छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सबै निकायको सक्रियता आवश्यक
काठमाडौँ । २०८३ असोज १६ गते मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी निकाय तथा नागरिक समाजबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना सङ्घीय समन्वय समितिको असोज १६ गते काठमाडौँमा सम्पन्न बैठकका सहभागीले यो विषयमा जोड…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
धनुषा । २०८३ असोज १५ गते डीसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्षको बैठक ०८३ असोज १४ गते जनकपुरधाममा सम्पन्न भएको छ। सहायता कक्षका संयोजक अधिवक्ता राजकुमार महासेठको अध्यक्षतामा सम्पन्न बैठकमा मानव अधिकार सहायता कक्षमार्फत हिंसा प्रभावितलाई प्रदान गरिएको आर्थिक सहयोगको प्रभाव,…
मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्थानीयकरणमा प्रधानमन्त्री कार्यालय र इन्सेकबीच सहकार्यमा जोड
काठमाडौँ । २०८३ असोज १५ गते मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन तथा स्थानीयकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बीच सहकार्य र समन्वय गर्ने विषयमा छलफल भएको छ। इन्सेकका अध्यक्ष विजयराज गौतम र इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले ०८३ असोज १५…
हिंसा पीडित बालिकालाई न्यायिक प्रकृयामा जान इन्सेकको सहयोग
बर्दिया । २०८३ असोज १५ गते आर्थिक अवस्था कमजोर भएर कानुनी प्रक्रियामा जान समस्या परेकी १४ वर्षीया बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८३ असोज १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक बर्दिया प्रतिनिधि प्रकाश पौडेलले महिलाका आफन्तलाई न्यायमा पहुँचका…
कारागार र प्रहरी हिरासत कक्षको अनुगमन
दैलेख । ०८३ असोज १४ गते राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को संयुक्त टोलीले असोज १३ गते दैलेख कारागार र जिल्ला प्रहरीको हिरासत कक्षको अनुगमन गरेको छ । कारागारका कैदीबन्दी र हिरासतमा राखिएका थुनुवाहरुको न्यायिक सेवा, स्वास्थ्य उपचार र आवासीय व्यवस्था विषयमा चासो राखिएको थियो…
कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
कैलाली । २०८३ असोज १३ गते घरेलु हिंसा घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८३ असोज १३ गते आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१७ पथरी घर भई हाल कञ्चनपुर जिल्ला लालझाडी गाउँपानलिका—१ वनवारीस्थित माइती घरमा बस्दै आएकी २८ वर्षीया अनिफुल रानालाई कानुनी…
स्वदेशी उत्पादन संरक्षण र निष्पक्ष बजार अनुगमनमा सभामुख यादवको जोड
धनुषा । २०८३ असोज १३ गते मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवले स्वदेशी उत्पादनको संरक्षण तथा प्रवर्धनसँगै बजार अनुगमनलाई समान, निष्पक्ष र प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। जनकपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको समन्वयमा ०८३ असोज १३ गते जनकपुरधाममा आयोजित व्यवसाय र मानव…
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट
सुर्खेत । २०८३ असोज १२ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् गठन तथा विस्तार संविधानको समावेशी सिद्धान्तविपरीत भएको दाबी गर्दै उच्च अदालत सुर्खेतमा रिट निवेदन दायर गरिएको छ । मन्त्रिपरिषद् गठन गर्दा दलित समुदायको प्रतिनिधित्व नगराइएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी र सुर्खेत पञ्चपुरी नगरपालिका–५…
व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तकृया सम्पन्न
कैलाली । २०८३ असोज १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र कैलाली उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तकृया असोज ११ गते धनगढीमा सम्पन्न भएको छ । व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना २०८०—२०८५ कार्यान्वयनको अवस्थाका…
बादी समुदायका बालबालिकाको अधिकार अवस्था बुझ्न संयुक्त अनुगमन
सुर्खेत । २०८३ असोज ९ गते सुर्खेतका दुई स्थानीय तहमा रहेका बादी समुदायका बालबालिकाको बाल अधिकारको अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश, इन्सेक र दलित महिला संघ (फेडो)ले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् । अनुगमन टोलीले ०८३ असोज ३, ४ र ७ गते सिम्ता गाउँपालिका–६, सुन्दरपुर र…
HUMAN RIGHTS NEWS PORTAL