शिक्षा अधिकार सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
कैलाली । २०७७ असोज २३ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गौरीगंगा नगरपालिका मानव अधिकार समुहको समन्वयमा शिक्षा अधिकार सम्बन्धमा शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम असोज २३ गते गौरीगंगा नगरपालिमा सम्पन्न भएको छ । चौमाला बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी पंकज रानामगरले अनलाइन माध्यमबाट पठनपाठन सुरु भएता…
स्थानीय तहमा शैक्षिक समस्या
कालीकोट । २०७७ असोज २३ गते इन्सेक कालिकोटद्वारा असोज २२ गते आयोजित शिक्षाको अधिकारबारे शिक्षक, अविभावक र विद्यार्थीबिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले शिक्षा क्षेत्रमा समस्याहरू भएको गुनासो गरेका हुन् । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी र अविभावकहरूले…
मानव अधिकार रक्षकको अवस्था विषयक कार्यशाला सम्पन्न
सुर्खेत। २०७७ असोज २३ गते मानव अधिकार रक्षकहरूको अधिकार सुनिश्चितताका लागि मानव अधिकार रक्षकहरू नै एकजुट हुनुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असोज २२ गते वीरेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकको अवस्था विषयक कार्यशालामा सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन । सहभागीहरुले जोखिममा…
क्षमता अभिवृद्धि तालिम सुरू
बाँके । २०७७ असोज २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अयोजनामा कियोस परियोजना सञ्चालित राप्ती सोनारी गाउँपालिकामा असोज २२ गतेदेखि क्षमता अभिवृद्धि तालिम सुरू भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रदान गरिने छ । इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले कार्यक्रमले…
विद्यार्थीहरूलाई वैकल्पिक विधिबाट पठनपाठन गराउन माग
बाँके । २०७७ असोज २२ गते कोभिडका कारण लामो समय विद्यालयहरू बन्द रहेकाले वैकल्पिक विधिबाट पठनपाठन गराउन माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र वैजनाथ गाउँपालिका स्तरिय मानवअधिकार समुहको आयोजनामा असोज २० गते भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी अन्तरक्रियामा सेवाग्राहीहरू उक्त माग गरेका…
मानव अधिकार संरक्षणका लागि कार्ययोजना तयार
सल्यान । २०७७ असोज २२ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेकद्वारा शारदा नगरपालिकामा गठित मानव अधिकार समूहले असोज २१ गते वार्षीक कार्ययोजना तयार गरेको छ । वार्षिक कार्ययोजनामा बालबालिकालाइ शिक्षण सिकाइ सहज रुपमा पहुँच पुर्याउन सम्बन्धित निकायको ध्यानार्षण गर्ने, क्वारेण्टिन निर्माण गरेका विद्यालय खाली गर्न…
स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कालीकोट । २०७७ असोज २१ गते शुभकालिका गाउँपालिकामा सरोकारवालाबिच असोज २० गते स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यकासाथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मीहरू, मानव…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि मानव अधिकार निगरानी समूहको ध्यानाकर्षण
सल्यान । २०७७ असोज २१ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेक सल्यानद्वारा बनगाड कुपिण्डे नगरपालिकामा गठित मानव अधिकार समूहले असोज १९ गते नगरपालिकाको ध्यानाकर्षण गराएको छ । समूहका अध्यक्ष तिलक नेपालीको नेतृत्वमा गएको टोलिले सबै विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको बैठक आयोजना गरि कार्ययोजना अघि बढाउनु…
महिला, दलित तथा यौनिक अल्पसंख्यकलाई मुलप्रवाहीकरणमा ल्याउन जोड
सुर्खेत । २०७७ असोज २० गते महिला, दलित तथा यौनिक अल्पसंख्यकहरुका सवाललाई मुलप्रवाहीकरणमा ल्याउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असोज २० गते भर्चुअल मार्फत गरेको महिला, दलित तथा यौनिक अल्पसंख्यकहरूको अधिकार विषयक कार्यशालामा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । सहभागीहरुले मुलुकको संविधान…
एम्बुलेन्स अभावका कारण सुत्केरीलाई अस्पताल पुर्याउन समस्या
बाँके । २०७७ असोज २० गते बाँकेको बैजनाथ गाउँपालिकामा एम्बुलेन्स अभावका कारण सुत्केरी महिलाहरूलाई अस्पताल सम्म पुर्याउन समस्या भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समुहको आयोजनामा असोज १८ गते भएको स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाहरूको सँगको बैठकमा उक्त कुरा बताएका हुन । नौबस्ता…
HUMAN RIGHTS NEWS PORTAL