मनोसामाजिक क्षेत्रलाई प्राथामिकतामा राख्नुपर्नेमा सभापति वलीको जोड
सुर्खेत । २०७९ भदौ ८ गते कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका सभापति देवी वलीले मनोसामाजिक क्षेत्रलाई सरकारले प्राथामिकतामा राख्नुपर्ने विषयमा जोड दिनुभएको छ । स्वास्थ्य, शिक्षा, पूर्वाधारसँगै मनोसामाजिक क्षेत्रलाई पनि प्रदेश सरकारले प्राथामिकतामा राख्ने बताउनुभएको छ । आफुले प्रदेश सभामा मनोसामाजिक विषयमा पटक पटक ध्यानाकर्षण गराउँदै आएको बताउदै प्रदेश…
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को अनुगमन योजना तर्जुमा कार्यशाला सुरु
ललितपुर । २०७९ भदौ ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जेनेभास्थित गैरसरकारी संस्था युपिआर इन्फोको संयुक्त आयोजनामा भदौ ७ गते ललितपुरमा विश्वव्यापी आवधिक समीक्षा (युपिआर) मा नेपालले स्वीकार गरेका सुझाव कार्यान्वयन तथा प्रक्रिया अनुगमन योजना तर्जुमा कार्यशाला नेपालका नागरिक संस्था, राष्ट्रिय मानाव अधिकार आयोग, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमका…
सङ्क्रमणकालीन न्यायका लागि गठित आयोग ऐन संशोधन विधेयकप्रति ध्यानाकर्षण
कास्की । २०७९ भदौ ६ गते बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकप्रति इन्सेकलगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले भदौ ५ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । राष्ट्रिय मानव अधिकार न्याय मन्च, इन्सेक, गैरसरकारी संस्था महासङ्घ कास्की, मानव अधिकार रक्षक संरक्षण तथा…
सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमा मानव अधिकार विरोधी प्रावधान हटाउन माग गर्दै विरोध
काठमाडौँ । २०७९ साउन ३१ गते सरकारले सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमा मानव अधिकार विरोधी प्रावधान हटाउन माग गर्दै अधिकारकर्मी र द्वन्द्वपीडितले विरोध प्रदर्शन गरेका छन् । काठमाडौँमा साउन ३० गते अधिकारकर्मी र द्वन्द्वपीडितले र्याली प्रदर्शन गर्दै विधेयकमा संशोधन नभए खारेजीको माग गरेका छन् । र्यालीपछि आयोजित…
प्रकाश मानव अधिकार पुरस्कार–२०७८ बाट सामाजिक अभियन्ता भुल सम्मानित
काठमाडौँ । २०७९ साउन १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३० औँ स्मृति दिवसका अवसरमा २८ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०७८ बैतडी जिल्ला निवासी सामाजिक अभियन्ता राजुराम भुललाई प्रदान गरिएको छ । साउन १६ गते इन्सेकले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार…
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
नुवाकोट । २०७९ साउन १७ गते शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८ थानापतिमा डब्लुपिडी नेपालको सहयोगमा सञ्चालन भइरहेको ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यु)…
वैध-प्रकाश मानव अधिकार पुरस्कारबाट दास सम्मानित
सप्तरी । २०७९ साउन १६ गते मानव अधिकार तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका सप्तरीको राजविराज नगरपालिका-५ का ७३ वर्षीय हित नारायण लाल दास साउन १६ गते वैद्य-प्रकाश मानव अधिकार पुरस्कार-२०७९ बाट पुरस्कृत हुनुभएको छ। वैद्य-प्रकाश मानव अधिकार पुरस्कार कोषले राजविराजमा ३०औं प्रकाश स्मृति दिवसका अवसरमा आयोजना गरेको एक समारोहका बिच…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
सुनसरी । २०७९ साउन ६ गते जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित बनाउने अभियानलाई सफल पार्नका लागि प्रमुख जिल्ला अधिकारी संरक्षक रहेको समितिको संयोजकमा गैर सरकारी…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी ः उपाध्यक्ष
दैलेख । २०७९ साउन ४ गते भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको बेस्तडामा आयोजित ‘किशोरीहरूका लागि आत्मरक्षा अनुशिक्षण’ कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । जन्मदिने…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
सुर्खेत । २०७९ असार ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालाले हाम्रो समाजमा नेता भनेको राजनीतिक गर्ने व्यक्ति मात्र नेता हुन…
HUMAN RIGHTS NEWS PORTAL