मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
कपिलवस्तु । २०७९ असार ३० गते इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा पन्तको नेतृत्वमा इन्सेक प्रतिनिधि पार्वती आचार्यलगायतले सहयोग हस्तान्तरण गरेका हुन् । समूहका पदाधिकारीहरू र…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
बाँके । २०७९ असार २८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार २८ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि लक्ष्मी थारूले जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको विवरण प्रस्तुत गर्नु भयो । जसमा सन् २०२२ जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख…
आमाबुवा गुमाएका एक बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग
दार्चुला । २०७९ असार २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आमाबुबा गुमाएकी शैल्यशिखर नगरपालिका–१, बारिलकी गौमती खडायलाई असार २८ गते आर्थिक सहयोग प्रदान गरेको छ । जिल्ला मानव अधिकार रक्षक सञ्जालको समन्वयमा इन्सेकले उपलब्ध गराएको १० हजार रुपियाँ आर्थिक सहयोग इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले…
नागरिकको न्यायमा पहुँचका लागि न्यायिक र अर्धन्यायिक निकायको जिम्मेवारी र भूमिका विषयक अन्तरक्रिया सम्पन्न
कैलाली । २०७९ असार २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नागरिकको न्यायमा पहुँचका लागि न्यायिक र अर्धन्यायिक निकायको जिम्मेवारी र भूमिका विषयक अन्तरक्रिया असार २८ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले स्थानीय तहको न्यायिक समिति, प्रहरी प्रशासन, जिल्ला…
मानव अधिकार उल्लङ्घनका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापनामा जोड
जाजरकोट । २०७९ असार २२ गते मानव अधिकार उल्लङ्घन घटनाका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापना हुनुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेकद्वारा जाजरकोटको खलंगामा असार २२ गते अधिकारकर्मीबीच आयोजित छलफल कार्यक्रममा जिल्ला स्तरीय सिफारिस संयन्त्रका संयोजक शोभा सिंहले उक्त विषयमा जोड दिनु भएको हो । मानव अधिकार…
मानव अधिकार निर्देशिका कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुर्खेत । २०७९ असार २२ गते वीरेन्द्रनगर नपाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नपाको समन्वयमा इन्सेकले तयार गरेको मानव अधिकार निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले असार २२ गते वीरेन्द्रनगरमा आयोजना गरेको वीरेन्द्रनगर नपाको मानव अधिकार निर्देशिका ०७७ र कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा प्रमुख…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
नवलपरासी (सुस्ता पश्चिम) । २०७९ असार २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार २१ गते परासीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले सन् २०२२ जनवरी देखि जुनसम्म ६ महिनाको अवधिमा जिल्लामा सङकलन…
सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड
सल्यान । २०७९ असार २२ गते मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले गठन गरिएको जिल्ला स्तरीय सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड गरेका छन् । इन्सेकद्वारा सल्यानको खलंगामा असार २१ गते आयोजित छलफल कार्यक्रममा सिफारिस संयन्त्रका…
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न
कास्की । २०७९ असार २१ गते रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण असार २० गते सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आगामी डेढ वर्ष भित्रमा बालमैत्री गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता…
जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
रुकुम (पश्चिम) । २०७९ असार २० गते मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २० गते जिल्लास्थित सरोकारवाला निकायबीच भएको कार्यक्रमबाट जिल्ला स्तरीय सिफारिस संयन्त्रको गठन गरिएको हो…
HUMAN RIGHTS NEWS PORTAL