‘मानव अधिकार रक्षक भन्नै डर भयो’

| 09-Dec-2024

समाधान न्यूज डटकम । २०८१ मङ्सिर २४ गते पीडित तथा समग्र समाजको हितका लागि जसले काम गर्छ, त्यो मानव अधिकार रक्षक हो । जसले मानव अधिकारको रक्षा गर्दै उल्लंघन गर्नेलाई कानुनी दायरासम्म पुर्‍याउने काम गर्छ । सोही कुरालाई मध्यनजर गर्दै आइतबार गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय मानव अधिकार रक्षक दिवसको…

अन्तरजातीय विवाह घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

| 06-Dec-2024

महोत्तरी । २०८१ मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षले अन्तरजातीय विवाह घटनाकी पीडित सप्तरी जिल्ला खडक नगरपालिका–४ पन्सेरा टोलकी २२ वर्षीया आरती कुमारी पासमानलाई न्यायिक प्रक्रियामा सहयोगका लागि ०८१ मङ्सिर १९ गते आर्थिक सहायता प्रदान गरेको छ ।…

राज्यका संयन्त्र प्रभावकारी नहुँदा मानव अधिकार कुण्ठित भएको सरोकारवालाको गुनासो

| 06-Dec-2024

गुल्मी । २०८१ मङ्सिर २१ गते सरकारका संयन्त्र प्रभावकारी नहुँदा मानव अधिकार कुण्ठित भएको गुल्मीका सरोकारवालाले गुनासो गरेका छन् । ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना र इन्सेकको समन्वयमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले त्यस्तो गुनासो गरेका हुन् । नागरिक समाज गुल्मीका…

बालविवाहसम्बन्धी सचेतनामुलक अभिमुखीकरण सम्पन्न

| 06-Dec-2024

मोरङ । २०८१ मङ्सिर २१ गते सुनवर्षी नगरपालिकामा बाल विवाहसम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम मङ्सिर १९ गते सम्पन्न भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरद्वारा गठित मानव अधिकार समूह सुनवर्षीको आयोजनामा बालविवाह सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रममा सुनवर्षी नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा नगरभित्रका विभिन्न सामुदायिक विद्यालयका छात्राहरू, इन्सेकद्वारा…

मानव अधिकारका सवालमा एकजुट भएर काम गराैँः राजदुत लोरेन्जो

| 06-Dec-2024

सुर्खेत । २०८१ मङ्सिर २१ गते नेपालका लागि युरोपियन युनियन (इयु) का राजदुत भेरोनिक लोरेन्जोले मानव अधिकारका सवालमा एकजुट भएर काम गर्नुपर्ने बताउनु भएको छ । ०८१ मङ्सिर २१ गते वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूका चुनौतीहरूबारे अन्तरक्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनु भएको हाे । उहाँले…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 05-Dec-2024

ओखलढङ्गा । २०८१ मङ्सिर २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १९ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा करिब १२ महिनाको अवधिमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 05-Dec-2024

तेह्रथुम । २०८१ मङ्सिर २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न  भएको  छ । कार्यक्रममा इन्सेक तेहृथुम जिल्ला प्रतिनिधिले २०२४ को जनवरीदेखि डिसेम्वर ३ सम्म इन्सेकले अभिलेख गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको विवरण र मानव…

बालश्रमका कारण बालबालिकामा परेको प्रभाव सम्बन्धी सचेतना मूलक नाटक प्रदर्शन

| 04-Dec-2024

मकवानपुर । २०८१ मङ्सिर १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयद्वारा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत २०८१ मङ्सिर २८ मकवानपुरको मनहरी गाउपालिकाको श्री राष्ट्रियय रोटरी माविमा बाल अधिकार समूहको अध्यक्ष नसिमा खातुनको अध्यक्षमा बालश्रमका कारण बालबालिकामा परेको प्रभाव सम्बन्धी  सचेतना मूलक नाटक प्रदर्शन भयो । अनौपचारिक…

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन

| 03-Dec-2024

कैलाली । २०८१ मङ्सिर १८ गते घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक सडक नटक प्रदर्शन गरेका छन् । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’…

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

| 03-Dec-2024

कैलाली । २०८१ मङ्सिर १८ गते घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका वडाललाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित महिलालाई आर्थिक सहयोग रकम प्रदान…