नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 16-Dec-2024

ताप्लेजुङ । २०८१ पुस १ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङको आयोजनामा मङ्सिर २६ गते ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५’ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । इन्सेक ताप्लेजुङ प्रतिनिधिका अनुसार…

आयोगको अध्यक्षमा सक्षम व्यक्ति नियुक्त गर्न समितिको ध्यानाकर्षण

| 16-Dec-2024

सुर्खेत । २०८१ पुस १ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा योग्य र सक्षम व्यक्तिलाई छनोट गर्नुपर्ने माग गर्दै सङ्क्रमणकालीन न्याय अनुगमन तथा निगरानी समिति कर्णाली प्रदेशले सिफारिस समितिलाई ध्यानाकर्षण गरेको छ । समितिका संयोजक पीताम्बर ढकाललेद्वारा ०८१ पुस १ गते जारी विज्ञप्तिमा आयोग र…

बाल अधिकार समूह परिचालन कोष हस्तान्तरण

| 15-Dec-2024

कास्की । २०८१ मङ्सिर ३० गते माछापुच्छ्रे गाउँपालिका–४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा इन्सेकले बाल अधिकार समूह परिचालन कोष हस्तान्तरण गरेको छ । इन्सेककी कास्की जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीले कात्तिक २८ गते विद्यालयमा पुगेर बाल अधिकार समूह परिचालन कोष हस्तान्तरण गर्नुभएको हो । विद्यालयको बाल कोष परिचालनका लागि ७…

देवचुलीका दुई विद्यालयमा बाल अधिकार परिचालन कोष हस्तान्तरण

| 15-Dec-2024

नवलपरासी (सुस्ता पूर्व) । २०८१ मङ्सिर ३० गते देवचुली नगरपालिका भित्रका दुई ओटा विद्यालयहरुमा बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ । देवचुली नपा–७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालय र देवचुली नपा–९ मा रहेको कालिका माविमा अनौपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा गठित बाल अधिकार समूहलाई कोष हस्तान्तरण गरिएको हो ।…

बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

| 15-Dec-2024

सर्लाही । २०८१ मङ्सिर ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ मङ्सिर २९ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित बलिकालाई ०७९ कात्तिक २४ गते गोडैता नगरपालिका-१० सिसौटियाका २९ वर्षीय अजय साहले बलात्कार गरेको आरोपमा पीडित…

सामूहिक बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

| 15-Dec-2024

सर्लाही । २०८१ मङ्सिर ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले समूहिक बलात्कार घटनाकी पीडित २५ वर्षीया महिलालाई ०८१ मङ्सिर २९ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित महिलालाई ०८१ मङ्सिर १३ गते कविलासी नगरपालिका-७ सिरसियाका २४ वर्षीय विजय राय र २५ वर्षीय…

मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

| 15-Dec-2024

हुम्ला । २०८१ मङ्सिर ३० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८१ मङ्सिर ३० गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले ०८० पुस १७ गतेदेखि ०८१ मङ्सिर ३० गतेसम्म सङ्कलन गरिएका २१ ओटा घटना…

राष्ट्रिय मानव अधिकार आयोगद्वारा ‘मानव अधिकार सूचना तथा स्रोत केन्द्र’ को अनुगमन

| 15-Dec-2024

बाँके । २०८१ मङ्सिर ३० गते राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयका मानव अधिकार अधिकृत यशोदा बन्जाडे र सहायक प्रथम माया गैरेले इन्सेक लुम्बिनी प्रदेश कार्यालयले जानकी गाउँपालिका–३ मा निर्माण गरेको 'मानव अधिकार सूचना तथा स्रोत केन्द्र' भवनको ०८१ मङ्सिर ३० गते अनुगमन गरेका छन् । इन्सेकले मानव अधिकारको प्रवर्द्धन…

जिल्ला प्रशासन कार्यालयमार्फत शान्तिका लागि नागरिक समाजले बुझायो ध्यानकर्षणपत्र

| 14-Dec-2024

कास्की । २०८१ मङ्सिर २९ गते शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले बेपत्ता पारिएका व्यक्तिको छानविन, आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य छनोट प्रक्रिया पारदर्शिताको माग गर्दै ध्यानकर्षण गराएको छ । कात्तिक २९ गते कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत सञ्जालले आयोग र सत्य निरुपण तथा…

बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

| 13-Dec-2024

सर्लाही । २०८१ मङ्सिर २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ मङ्सिर २८ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित युवतीलाई ०८१ जेठ २१ गते मलंगवा नगरपालिका-७ गणेशीयाका २० वर्षीय दिपक कुमार यादवले बलात्कार गरेको आरोपमा…